PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिसम्मका प्रक्रिया



मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिसम्मका प्रक्रिया

काठमाडौँ : दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा साँझ ५ बजे मतदान सकिएको छ।  मत

मतदान सकिएपछि के के हुन्छ त?

मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बन्द गरी आयोगले उपलब्ध गराएको सुरक्षण सिल लगाउने छन्। 

यसो गर्दा मुचुल्का तयार गरिनेछ र त्यस्तो मुचुल्कामा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराउने छन्। 

मतदान अधिकृतले मतदानको काम समाप्त भएपछि मतपत्रको फाँटवारी तयार गर्छन्। त्यसरी फाँटबारी तयार गर्दा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि प्रयोग भएका मतपत्रको छुट्टाछुट्टै फाँटवारी तयार गरिन्छ। फाँटवारी तयार गरेपछि सो फाँटवारीमा मतदान अधिकृतले सहीछाप गर्नु पर्नेछ र सो स्थानमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराउने छन्। 

मतदान अधिकृतले मतदान केन्द्रमा मतदानको काम समाप्त भएपछि कागजपत्र र मतपत्रहरू छुट्टाछुट्टै खाममा बन्द गरी लाहाछाप लगाउने छन्। मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले समेत आफ्नो लाहाछाप लगाउन चाहेमा लगाउन दिइन्छ। 

मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले सहीछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुई जना व्यक्तिको सहीछाप गराउनु पर्नेछ।

मतपेटिकासँगै आउन सक्ने 

मतदानको काम समाप्त भएपछि मतदान अधिकृतले मतदान केन्द्रबाट मतपेटिका लिएर मतगणना हुने स्थानतर्फ जाँदा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिहरू मतपेटिकाको सुरक्षाको लागि मतदान अधिकृतसँगै जान चाहेमा मतदान अधिकृतले आफूसँग आउन दिनु पर्ने व्यवस्था छ। त्यसैगरी ११ दिनसम्म मतपेटिका राखेको कोठा बाहिर बस्न चाहेमा बस्नको लागि अनुमति दिनु पर्ने व्यवस्था छ। 

तर मतदान अधिकृतसँग आउने व्यक्तिलाई कुनै अवस्थामा पनि मतपेटिका समाउन वा छुन दिनु हुँदैन।

मतपेटिका र मतदान सामग्री बुझाई भरपाई लिने 

मतदान अधिकृतले सम्बन्धित मतदान केन्द्रबाट ल्याएका मतपेटिका, प्रयोग नभएका मतपत्र लगायतका खामबन्दी गरिएका कागजात, वितरण गर्न बाँकी रहेका मतदाता परिचयपत्र तथा निर्वाचन सम्बन्धी सम्पूर्ण सामग्रीको विवरण दुई प्रति तयार गरी सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउनु पर्नेछ।

सामग्री बुझाउँदा मतदान अधिकृतले मतदातालाई बुझाउन बाँकी मतदाता परिचयपत्र, परिचयपत्र बुझाएको भरपाई, आफ्नो पोलबुक र मतदाताको तथ्याङ्क फाराम सिलबन्दी नगरी निर्वाचन अधिकृतलाई बुझाउनु पर्नेछ। 

मतपेटिका बन्द गरेको बिर्कोको सुरक्षणसिल चुँडिएमा 

मतपेटिका ल्याउँदा बाटोमा मतपेटिकाको सुरक्षणसिल चुँडिएको देखिएमा मतदान अधिकृतले त्यसको प्रतिवेदन निर्वाचन अधिकृतलाई दिनु पर्नेछ र निर्वाचन अधिकृतले मतदान अधिकृतसँगै आएका उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिबाट समेत सो कुराको जानकारी वा प्रतिवेदन लिन सक्नेछ। 

प्रतिवेदनबाट कसैको गफलतले मतपेटिकाको सुरक्षणसिल चुँडिएको होइन भन्ने कुरा प्रमाणित भएमा बाहेक मतपेटिकामा लगाएको सुरक्षणसिल जानाजानी चुँडाएको प्रमाणित भएमा वा आशंका लागेमा निर्वाचन अधिकृतले सो कुराको प्रतिवेदन तुरुन्त आयोगमा दिनु पर्नेछ र त्यस्तो अवस्थामा आयोगको निर्देशन बमोजिम गर्नु पर्नेछ। 

मतपेटिका राख्ने तथा मतगणना गर्ने ठाउँको व्यवस्था गर्ने

निर्वाचन अधिकृतले मतदान अधिकृतले ल्याएका मतपेटिका बुझी लिनु भन्दा पहिले नै मतपत्र भएको मतपेटिका राख्ने ठाउँ तथा मतगणना गर्ने स्थानको आवश्यक सुरक्षाको प्रबन्ध मिलाउनु पर्नेछ। यसरी सुरक्षा प्रबन्ध मिलाउनको लागि निर्वाचन अधिकृतले स्थानीय प्रशासन र अन्य सुरक्षा निकाय समेतको सहयोग लिन सक्नेछ। 

मतपेटिका सङ्कलन गर्ने 

निर्वाचन अधिकृतले मतदान अधिकृतबाट प्राप्त मतपेटिका तथा अन्य निर्वाचन सामग्री बुझी लिन र त्यसको भरपाई गरिदिन आवश्यक कर्मचारी खटाउन सक्नेछ। यसरी कर्मचारी खटाउँदा सहायक निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीलाई प्राथमिकता दिई खटाउनु पर्नेछ। 

निर्वाचन अधिकृतले मतदान अधिकृतले बुझाएका मतपेटिका सङ्कलन गरी  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि प्रयोग भएको मतपेटिका, सोही निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभा सदस्यको निर्वाचनको लागि प्रयोग भएको मतपेटिका र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि प्रयोग भएका मतपेटिका छुट्टिने गरी सकेसम्म एउटै कोठामा सुरक्षित राख्ने छन्। यसरी मतपेटिका राख्दा प्रदेश सभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रमा पर्ने मतदान केन्द्रका मतपेटिका छुट्टिने गरी राख्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell