PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेड र रोमा समूह विजेता बन्दै अन्तिम १६ मा, एथ्लेटिको बाहिरियो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेड र रोमा समूह विजेता बन्दै अन्तिम १६ मा, एथ्लेटिको बाहिरियो

म्यानचेष्टर युनाइटेड र रोमा आ-आफ्नो समूहको विजेता बन्दै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। एक गोलले पछि परेको स्थित उल्टाउँदै युनाइटेडले सिएसकेए मस्कोलाई २-१ ले पराजित गरेको हो।

यसता समूहको अन्तिम खेलमा वायर्न म्युनिखसँग पराजित भएपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह बी को विजेता बनेको छ। यसअघि नै समूह डी को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको बार्सिलोनाले समूह चरणको अन्तिम खलमा स्पोर्टिङलाई २-० ले हरायो।

यता सन २०१४ र २०१६ को फाइनलिष्ट एथ्लेटिको मड्रिड भने समूह चरणबाटै बाहिरिएको छ।

समूह ए को अन्तिम खेलमा सिएसकेए मस्कोलाई २-१ ले पराजित गर्दै इंगलिस क्लब युनाइटेडले अन्तिम १६ मा स्थान बनाएको हो। पहिलो हाफको अन्त्यतिर भिटिन्होले गोल गर्दै मस्कोलाई अग्रता दिलाए पनि दोस्रो हाफमा रोमेलु लुकाकु र मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई जित दिलाए।

यसै समूहमा वेनफिकालाई २-० ले हराएको बासेल समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। यसअघि नै समूह चरणबाटै बाहिरिएको वेनफिकाले यस पटक समूह चरणमा कुनै अंक विहिन जोड्न सकेन।

अन्तिम खेलमा क्वारावागलाई १-० ले पराजित गरेपछि रोमा समूह सी को विजेता बन्दै अन्तिम १६ मा पुग्यो। रोमाका लागि डिएगो पेरेट्टीले एक मात्र निर्णायक गोल गरे।

अन्तिम १६ मा पुगिसकेको चेल्सी अर्को खेलमा एथ्लेटिको मड्रिडसँग १-१ को बराबरीमा रोकिएपछि समान अंक भएपनि रोमा समूह विजेता बनेको हो। चेल्सीसँग बराबरीपछि एथ्लेटिको भने समूह चरणबाट अगाडी बढ्न सकेन। सउल निगेजले गोल गर्दै एथ्लेटिकोलाई पहिले अग्रता दिलाएका थिए। तर एथ्लेटिकोकै सेटेफन सभिचले आत्मघाती गोल गरेपछि चेल्सीले बराबरी गोल फर्काएको हो।

यता समूह डी मा लियोनल मेसीलाई पहिलो हाफमा बेन्चमा राखिएको खेलमा बार्सिलोनाले स्पोर्टिङ लिस्वनलाई २-० ले हरायो। बार्सिलोनाका लागि फ्रान्सिस्को अल्कासेरले एक गोल गरे भने क्लबबै पूर्व खेलाडी जेरेमी माथिउले एक आत्मघाती गोल उपहार दिए।

युभेन्ट्स पनि ओलम्पियाकोसलाई २-० ले हराउँदै समूह डी को उपिवजेता बन्यो। युभेन्ट्सका लागि जुवान क्वाड्राडो र फेडेरिको बेमारडेसीले गोल गरे।

यता यसअघि नै अन्तिम १६ मा पुगिसकेका पिएसजीलाई वायर्न म्युनिखले समूह बी को अन्तिम खेलमा ३-१ ले पराजित गर्‍यो। हारेर पनि पिएसजी गोलअन्तरमा वायर्नलाई पछि पार्दै समूह विजेता बन्न सफल भयो। वायर्नको जितमा कोरेन्टिन टोलिसोले २ तथा रोवर्ट लेवान्डास्कीले १ गोल गरे। पिएसजीका लागि केएलिन एमबापेले एक गोल फर्काए।

यसै समूहको अर्को खेलमा एन्डरलेक्टले सेल्टिकलाई १-० ले हरायो।

एथ्लेटिको मड्रिड, सिएसकेए मस्को, स्पोर्टिङ र सेल्टिक आ-आफ्नो समूहको तेस्रो स्थानमा रहदै युरोपा लिगको लागि छनोट भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell