PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फुटेको छैन च्छो रोल्पा हिमताल, आकाशबाट हेर्दा यस्तो देखियो ताल



काठमाडौं : दोलखा केन्द्रबिन्दू बनाएर लगातार आइरहेका परकम्पका कारण रोल्वालिङ उपत्यकामा रहेको च्छो रोल्पा ताल फुट्ने हल्लाका कारण तामाकोशी नदी आसपासका बस्तीमा त्रास फैलिए पनि यो तालमा अहिलेसम्म केही भएको छैन। 

बैशाख १२ गते र २९ गते गएका सात रेक्टर स्केल भन्दा बढीका दुई वटा ठूला भूकम्प पछि यस्तो हल्ला बढी चल्न थालेको हो। तर साढे तीन किलोमिटर लामो यो ताल केही पनि भएको छैन।  

चार हजार पाँच सय ८० मिटर उचाइमा रहेको यो ताल फुटेर तामाकोशीमा बाढी आउँछ र आसपासका सयौं बस्ति बगाउन सक्छ भन्ने हल्ला १५ वर्ष अघि कै हो। तर ताल अहिले पर्यटकीय स्थल चाहीँ बनेको छ। 

दोखलामा केन्द्रविन्दु बनाएर बैशाख २९ गते शक्तिशाली परकम्पका कारण यो ताल फुट्नसक्ने बजार हल्ला फेरि चल्यो। तर ताल तत्काल फुट्न सक्छ भन्ने आधार देखिएको छैन। मनोज श्रेष्ठले पठाएको तस्विरमा यस्तो देखियो च्छो रोल्पा : 










@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell