PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विस्फोटका खबरसमेत बालबालिकाका लागि घातक, होस् गर्नुस् हिंसात्मक बनाउन सक्छ



सागर बुढाथोकी

विस्फोटका खबरसमेत बालबालिकाका लागि घातक, होस् गर्नुस् हिंसात्मक बनाउन सक्छ
फाइल फोटो

काठमाडौं : देशभर निर्वाचनको माहोल छ। यही माहोल विथोल्न भन्दै केही समूहले पछिल्लो पटक देशका विभिन्न स्थानमा डर लाग्दा विस्फोट गराए। विस्फोटका कारण धेरै घाइते भए भने दाङमा खटिएका म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भयो। सोमबार मात्रै देशकै राजधानी काठमाडौंमै कांग्रेस नेता गगन थापालाई लक्षित गरेर बम प्रहार भयो। उक्त घटनामा परी थापासहित १ दर्जन घाइते भए।

यस्ता विस्फोटका घटना सञ्चार माध्यमले प्राथमिकताका साथ प्रसारण प्रकाशन गर्दछन्। सामाजिक सञ्जालहरुमा पनि भाइरल हुन्छ यस्ता विषय। सञ्चार माध्यम होस् या सामाजिक सञ्जाल - बालबालिका पनि यस्ता माध्यमको पहुँचमा हुन्छन्। यस्ता समाचारहरुले बालबालिका पनि ध्यान तान्छ। उनीहरु हरेक घटनामा रुची राख्ने र जिज्ञासु हुने भएकाले विस्फोट कसरी हुन्छ, विस्फोटबाट कसरी मानिस घाइते हुन्छन भन्नेसम्मका प्रश्न गर्छन्। विभत्स दृश्यहरुले त झन उनीहरुलाई मानासिक रुपमा समेत असर पार्ने विशेषज्ञहरुले बताउँदै आएका छन्।


यस्ता घटनाले बालबालिकालाई कस्तो असर पार्छ त ?

मनोविज्ञानका विश्लेषक वासु आचार्य यस्ता घटनाले सबैभन्दा बढी असर बालबालिकामा पर्ने बताउँछन्। आचार्यका अनुसार बच्चाहरुको दिमाग काँचो माटो जस्तै हुन्छ। बच्चाहरुले जे देख्यो त्यही टिप्ने र जिज्ञासु हुने कारणले त्यही घटनाको बारेमा सोच्ने र त्यस्तै क्रियाकलाप गर्न प्रेरित हुन्छन्।

यस्ता घटनाहरुले बच्चाहरु त्रसित, अशान्त तथा एकोहोरो हुने आचार्यको कथन छ। 'बच्चाहरुलाई यस्तो घटनाहरुले वर्तमान जीवनशैलीमा गम्भीर असर त पार्छ नै भविष्यमा पनि असर पार्छ,’ उनले भने, ‘यस्ता घटना देखेका बच्चाहरु भविष्यमा कठोर हुने, हिंसामा संलग्न हुने हुन्छन्। बच्चादेखि नै उनीहरुको मष्तिस्कमा हिंसा गढेर बसेको हुन्छ। उमेर पुगेसँगै त्यो हिंसा बाहिर प्रकट हुने सम्भावना हुन्छ।’

कसरी त?

उनी भन्छन्,  ‘बालबालिकालाई बिस्फोट कसरी हुन्छ, यस्ता पदार्थ कसरी बनाउने? विस्फोट भएपछि मानिसलाई कसरी क्षति पुग्छ भन्ने विषयमा निकै ध्यानपूर्वक रुचि लिन्छन्। यद्यपि उनीहरु यस्तो क्रियाकलापमा भाग लिन भने पाउँदैनन्। यस्तो अवस्थमा लुकिछिपी यस्ता सामग्री बनाउन उद्दत हुन्छन्। र भविष्यमा उनीहरु हिंसामा सहभागी हुने सम्भावना बढ्छ।’

यस्तो अभ्यास गर्न नपाएमा उनीहरुलाई डिप्रेसन समेत हुनसक्छ।

आचार्य विगतका उदाहरण दिन्छन्, ‘विगतमा माओवादी हिंसा देखेका बच्चाहरुमा डिप्रेसनका सिकार भएका धेरै छन्। हिसांमा संलग्न भएकाहरु पनि छन्। उनीहरुको व्यवहार  अशान्त देखिन्छ। यो डिप्रेसनकै लक्षण हो।

'इराक, सोमलिया जस्ता आतंकवादी हमला तथा बम विस्फोट हुने क्षेत्रका बालबालिकाहरु हिंसामा संग्लग्न भएका छन्। उनीहरु डिप्रेसन भएका छन्,’ उनले भने।

त्यसैले बम विस्फोटका घटना तथा समाचारहरुले बच्चाको मनस्थितिमा गम्भिर असर पार्छ।

त्यसो भए गर्ने के त ?

‘बच्चाहरुलाई समाचारहरुबाट टाढा राख्न सम्भव छैन। तर समाचार हेरेपछि बच्चाहरुलाई त्यस घटनाको बारेमा राम्रोसँग बुझाउनु पर्छ,’ आचार्य भन्छन्, ‘यस्ता घटनाहरुको बारेमा बच्चाहरुलाई बुझाउन सकेन भने बच्चाहरु समाचारमा देखेका बिस्फोट, मृत्यु, घाइते र रगतको बारेमा धेरै सोच्न थाल्छन्। त्यसको परिणाम भविष्यमा राम्रो हुन्न।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell