PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

आइसीसीले भन्यो : इपीएललाई मान्यता छैन



पहिलोपोस्ट

आइसीसीले भन्यो : इपीएललाई मान्यता छैन

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजना गर्नका लागि आयोजक इपीएल प्राली द्रुत तयारीमा लागिरहेका बेला नेपालका राष्ट्रिय खेलाडीले खेल्न पाउने वा नपाउने भन्ने अन्योल बढेको छ।

यही डिसेम्वर १८ पुस ३ गतेबाट कीर्तिपुरस्थित टीयू ग्राउण्डमा हुने तय भएको इपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले इपीएललाई कुनै मान्यता नदिएको र खेलाडीले खेल्न नपाउने ब्यहोरा उल्लेख गर्दै इमेल पठाएपछि नेपाली क्रिकेट तरङ्गित बनेको छ।

आइससीले क्यानलाई पठाएको इमेल मंगलबार सार्वजनिक गरेपछि यस्तो खुलासा भएकव हो।

क्यानले इपीएल क्रिकेटबारे आइसीसीको धारण भन्दै आइसीसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर क्लिभ हिटच्कोक र डिभलपमेन्ट एण्ड क्रिकेट अपरेसन अफिसर निगेल  मास्कारेन्हासले पठाएको पत्र मेल गरेको हो।

उनको इमेलमा भनिएको छ, 'नेपालको सदस्यता आइसिसीले निलम्बन गरेको स्मरण गराउँन चाहान्छौं र नेपालमा हुने प्रतियोगिता र खेलाबारे मान्यता दिने अधिकार आइसीसीसँग मात्र छ।

यस इपीएल प्रतियोगिताको लागि पनि आइसीसीले मान्यता दिएको छैन र नो अबजेक्सन लेटर (एनओसी) इस्यु छैन।

आन्तरिक विवाद र सरकारी हस्तक्षेप भन्दै आइसीसीले नेपाल क्रिकेट संघ (क्यान)लाई २०७३ साल बैशाख यता आइसीसीको निलम्वनमा छ यद्यपी नेपाललाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने छुट दिएको छ र नेपाली क्रिकेटको व्यवस्थापन आइसीसीले नै हेर्दै आइरहेको छ। तर यसअघि गत वर्ष पनि इपीएल आयोजना भएको थियो। त्यसबेला आइसीसीले कुनै पत्र पठाएको थिएन।

इपीएल शुरु हुन १२ दिन मात्र बाँकी रहेको अवस्थामा यस्तो पत्र आएपछि नेपाली खेलाडीले खेल्नेबारे अन्योल बढेको छ। प्रतियोगिताका लागि सहभागि ६ टिमले १० खेलाडी अक्सनमार्फत खरिद गरिसकेका छन् भने एक जना मार्क्यु प्लेअर समेत राखिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell