PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मतदाता परिचयपत्र वितरण सुरु, कास्कीका चार मतदान केन्द्रमा सबै महिला कर्मचारी



पहिलोपोस्ट

मतदाता परिचयपत्र वितरण सुरु, कास्कीका चार मतदान केन्द्रमा सबै महिला कर्मचारी

पोखरा :  निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण सुरु गरेका छन्। 

कास्की जिल्लाका ३१७ वटै मतदान केन्द्रमा सोमबार नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका र परिचयपत्र वितरण सुरु गरेका क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। 

उनका अनुसार मतदाता शिक्षा स्वयंसेवकले मत बदर नहोस् भनेर मतदाता शिक्षाकाबारेमा पनि मतदातालाई जानकारी गराएका छन्।

कर्मचारीले बिहीबार हुने मतदानस्थलमा पुरुष तथा महिला मतदाताको छुट्टाछुट्टै लाम तथा अशक्त र ज्येष्ठ मतदातालाई सहज तरिकाले मतदान गर्ने व्यवस्थासमेत गर्नेछन्। 

चार मतदान केन्द्रमा महिला कर्मचारी 

कास्कीका चार मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ। क्षेत्र नं १ को अमरसिंह नमूना मावि रामघाट, क्षेत्र नं २ को पार्दी मावि पार्दी, नवीन मावि गौरापाटन र क्षेत्र नं ३ को बाराही मावि मालेपाटन मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ।

एक सय ५० मतदानस्थल रहेको कास्कीमा निर्वाचनमा सुरक्षाकर्मीबाहेक तीन हजार ८३२ कर्मचारी खटिएका छन्।  

यस पटक मतदान अधिकृत र सहायक मतदान अधिकृतको मतदान केन्द्र छनोट गोला प्रथाबाट गरिएको थियो। जिल्लाका एक महानगरपालिका र चार गाउँपालिकामा दुई लाख ५५ हजार ४५२ मतदाता छन्। जिल्लामा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ निर्वाचन क्षेत्र छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell