PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मार्ने मेरो डिजाइन, लोप्साङको एक्सन : समिरमान



सविन ढकाल

मार्ने मेरो डिजाइन, लोप्साङको एक्सन : समिरमान

काठमाडौं : ‘गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो। सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो। मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं। हामीसँग छैन ऊ।'

शनिवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन र नेकपा एमालेको युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या अभियोगमा प्रकाउ गरेका ३४ वर्षीय समिरमान सिंह बस्नेतले प्रहरीमा दिएको बयान हो यो।
केन्द्रीय अनुसन्धान व्युरोले आइतवार पत्रकार सम्मेलनमा समिरमानको बयान अडियो सार्वजनिक गर्यो।

समिरमानले गत असोज २३ गते नयाँ बानेश्वरको प्रयागमार्गमा व्यवसायी शरदकुमार गौचन र २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी लिएको आइतवार आयोजित पत्रकार सम्मेलनमा डिआइजी पुष्कर कार्कीले बताए।

समिरले गौचन र तिवारीको हत्या मात्र होइन। गत चैत २९ गते गुह्येश्वरी फाँटमा दावा लामालाई गोली हानेको समेत प्रहरी समक्ष स्वीकार गरेको कार्कीले बताए।

प्रहरीको अनुसन्धान र समिरको बयान अनुसार गौचनको हत्या योजना समिरमानले बनाएको र लोप्साङले कार्यान्वयनमा मुख्य भूमिका खेलको देखिन्छ। विगत साढे दुई वर्षदेखि समिर देशबाहिर बसेर नेपालभित्र आपराधिक गतिविधि गर्दै आएको प्रहरीको दावी छ।
समिरमान बस्नेत र मनोज पुन एउटै समूह बनाएर नेपालमा आपराधिक गतिविधि गरेको भनिए पनि समिरले भने आर्थिक विवादका कारण पुनसँगको सम्बन्ध टुटिसकेको दावी गरेका छन्। पुन दुर्गा तिवारीको हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा छन्।

समिरमान बस्नेतले विदेशमा नै बसेर अपराधिक गतिविधि गर्ने र ती गतिविधिलाई लुकाउन प्रहरीदेखि राजतिक दलसम्मको सेटिङ मिलाउने गरेको देखिएको छ। 

व्यूरोका प्रमुख डिआइजी पुस्कर कार्कीले भने, ‘गुन्डा संरक्षण नेटवर्क बनाउन समिरले प्रहरी, वकिलदेखि राजनीतिक दलका नेतासम्म सम्पर्क बढाएको देखियो।' 

डिआइजी कार्कीले समिरलाई सहयोग गर्नेहरुको पनि अनुसन्धान भइरहेको बताए।

समिरमानले कुनै पनि अपराधिक समुहसँग काम नहुन्जेल सम्बन्ध राख्ने र त्यसपछि छुट्ने गरेको देखिएको छ। पुनसँगको सम्बन्ध पनि कमिसनमा विवाद बढेपछि छुटेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell