PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मन्जिल : दि कन्स्पिरेसी ह्याकर्स इन काठमाण्डौ (कथा)



मन्जिल : दि कन्स्पिरेसी ह्याकर्स इन काठमाण्डौ (कथा)

  • लिलाराज खतिवडा

एक  

काठमाण्डौ एयरपोर्ट। 

बेलुकाको समय। सादा पोशाकका केही भारतीय खुफिया अधिकारी एउटा निश्चित जहाजको अवतरण कुरिरहेका छन्। जसमा एउटा पाकिस्तानी एजेन्ट आइरहेको टिप्स उनीहरुलाई मिलेको छ। 

एजेन्टको नाम : शेख ओमर अजरुद्दिन। उमेर : ४५ वर्ष। उचाइ : ५ फिट १० इञ्च। चेहरामा झप्प दाह्री, जुँगा ट्रिम गरेको। 

उनीहरुसँग शिकारको लेटेस्ट फोटो पनि छ। उनीहरुलाई मिलेको टिप्स अनुसार शेख ओमरको टार्गेट नेपाल हुँदै भारत छिरेर लश्कर ए तोइवाका स्लिपिङ सेल्स एक्टिभेट गरी मुम्बइ शहरमा आतंक मच्चाउने हो। टिप्स बिकाउ पाकिस्तानी खुफियाहरुबाटै मिलेको हुँदा भारतीय एजेन्टका लागि खबरमा दम छ। त्यही भएर त ठूलो तयारी तथा बन्दोबस्तीका साथ भारतीय खुफियाहरु यहाँसम्म आएका हुन्। र, यस मिशनलाई उनीहरुले नाम दिएका छन् : सी एच नाइन इलेभेन।

पाकिस्तानी एयरवेजको जहाज विमानस्थलमा अवतरण गरेको अनाउन्समेन्ट भयो। शिकारीहरु आआफ्ना ज्याकेटभित्र लुकाइएका अत्याधुनिक हतियार छामेर सतर्क भए। अनि आपसमा आँखाले केही इसारा गरेर समय नगुमाइ एयरपोर्ट लन्जमा तितरबितर भइहाले।

केही बेरमा नै यात्रुहरु बाहिरिने क्रम शुरु भयो। प्रायः सबै आआफ्ना लगेज कलेक्सन गर्न थाले।

तर...

त्यस्तो हुलियाको कुनै मान्छे फेला परेन। 

शिकारीहरु एक ठाउँमा भेला भएर कुराकानी गर्न थाले। त्यहाँ एउटा शिकारी भने अनुपस्थित थियो। 

“किधर गया वह?” एउटाको मुखबाट फुत्कियो।

“कौन?” अर्कोले भन्यो।

“मैं इधर हुँ,” भन्दै कतैबाट हस्याङफस्याङ गर्दै ऊ त्यहाँ टप्कियो।

“मैं तो अजरुद्दिन की बात कर रहा था,” अघिकैले भन्यो।  

हठात आइपुग्नेले आत्तिँदै भन्यो, “मैं भी उसी की बात कर रहा हुँ। शिकार दुसरे रास्ते से बाहर निकल गया।”

“क्या...” सबैको मुखबाट फुत्कियो।

“यहाँ मेरा एक खास आदमी है। वह पुलिसवाला है। उसने मुझे अभिअभि फोन पे बताया कि चोरीछिपे पिछवाडे के रास्ते से अजरुद्दिन को बाहर निकाला गया है। और इस में नेपाल का पुलिस संलग्न है। हमे यहाँ से निकल्ना होगा। और तुरन्त अगला स्टेप तय करना होगा।” उसले लगभग एकै सासमा भन्यो।

“दुसरी तरफ हम सब की जान को अब खतरा भी बढ गया है। अगर उसका आनेका हमे खबर हो सकता है तो हमारे आनेका भी उसको पता हो सकता है।”

“उपर से वह हमें पहला चकमा दे चूका है। बहुत संभल के आगे बढना होता है।”

“मगर अब हम उसे ढुंडे कहाँ?” एउटाले किकर्तव्यमूढ र भय मिश्रित भावमा भन्यो।

“यही तो अपना काम है। चलो,” रोहित सक्सेनाले भन्यो। जो कि रिसर्च एण्ड एनालाइसिस विङको सिनियर अफिसर हो र यस मिशनको चिफ कमाण्डर पनि।

उनीहरु फटाफट बाहिरिन्छन्।

दुई,

एयरपोर्ट बाहिर। रात परिसकेको छ।

उनीहरु एउटा क्याफेमा छन्। चार जना। वरिपरि।

ऊभन्दा माथिको टिम लिडर तथा सिनियर कमाण्डरको नाम बिक्रम सिंह हो। ऊ भारतको स्पेसल क्राइम ब्रान्चमा उपल्लो स्तरको निकै ट्यालेन्ट इन्टिलिजेन्स अफिसर हो।

“जिसने हमे बताया कि यह नेपाल पुलिस का काम है तो वही आदमी हमे बता सकता है कि काठमाण्डू शहर में अजरुद्दिन कहाँ मिलेगा,” बिक्रमले कफीको चुस्की लिँदै भन्यो।

रोहित सक्सेना जसको नेपालको प्रहरीसँग कनेक्सन छ, उसले भन्यो, “मेरे खयाल से ऐसे मामलों में बिकाउ पुलिस का काम मेहमानको सिर्फ एयरपोर्ट से बाहर निकालना होता है। फिर भी पूछ लेता हुँ।”

उसले फटाफट फोन लगायो। फोन लागेपछि उसले भन्यो, “आपको आगे का कूछ खबर है?”

“पता करके बताता हुँ, सर,” उताबाट आवाज आयो। 

फोन डिस्कनेक्ट भयो।

“वैसे मेरा भी एक लिंक है,” बिक्रम सिंह तात्तियो।

“कैसा लिंक?” रोहितले सोध्यो।

“काठमाण्डौ का एक खास मस्जिद। जहाँ दरअसल हमारे शिकारों को पनाह दिया जाता है,” बिक्रमले भन्यो र फोन लगायो।
तर, त्यत्तिकैमा पहिलो अफिसरको फोन बज्यो।

“उसे बागबजार के साइनो लाज मे रख्खा है।” उताबाट आवाज आयो।

यता अफिसरहरुका आँखा फराकिला भए।

तीन,

साइनो लज, बागबजार। 

उपरोक्त भारतीय एजेन्टहरुद्वारा टिप्समा उल्लेख भएका कन्टेन्ट दुरुस्त भएका कारण अजरुद्दिन पक्राउ पर्‍यो। नेपाल सरकारको गृह मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुलाई किनेर भारतीय प्रहरी अफिसरहरुले गुपचुपमा अजरुद्दिनलाई इन्जेक्शन हानी बेहोस बनाएर बोर्डर कटाए। अनि उत्तर प्रदेशको बाराबंकी भन्ने ठाउँमा उसलाई गिरफ्तार गरेको झूठा कागज तयार पारे र झ्यापझुप पत्रकार सम्मेलन पनि गरिहाले। भारतीय च्यानलहरुमा तदनुरुप समाचारहरु बजे : युपि में एक और पाकिस्तानी आतंकी गिरफ्तार : मुम्बइ में दहशत फैलाने की थी मिशन। एक बहुत बडा खतरा टल गया। 

तर, त्यसको एक घण्टा बित्दा नबित्दै मुम्बइको दादर र बान्द्रा रेल्वे स्टेशनमा एकसाथ बम ब्लास्ट भए। दर्जनौंको मृत्यु भयो। सयौं घाइते भए। दर्जन टप बिजनेसम्यान र भिआइपीहरु असासिन भए। भारतमा पुनः एउटा दर्दनाक हादसा भएरै छाड्यो। टारेर टरेन त्यो।

चार,

नयाँ दिल्ली।

शेख ओमर अजरुद्दिनको बयान। 

ऊ अति कडा सुरक्षा ब्यवस्थामा राखिएको छ। बिक्रम सिंह, रोहित सक्सेना लगायत अन्य बरिष्ठ अधिकारीहरु उसको बयान लिन ब्यस्त छन्। पक्राउ परेको दिनदेखि नै ऊ आफू आतंककारी नभएको बताइरहेको छ।

अर्कातिर भर्खरैको दिल दहला देने वाली ब्रेकिङ न्यूज सुनेर उनीहरु तिलमिलाएका थिए। बम बिष्फोट र असासिनेसनको प्रकृति उनीहरुलाई पठाइएको टिप्ससँग म्याच खान्थ्यो। उनीहरु समातिएको पंछी भन्दा ज्यादा कामिरहेका थिए।

हिंसा गर्ने अर्कै भए यो को हो त जसलाई उनीहरुले त्यत्रो मेहनतले एब्डक्ट गरेर आफ्नो देश पुर्‍याएका थिए? त्यसको ब्रेकिङ न्यूज पनि बजिसकेको हो। अब मिडिया आतंकीको बयानको न्यूज अपडेट गर्न आतूर भएर पर्खिरहेको छ।

“तो फिर कौन है तु?” बिक्रमले शिकारको नाकमा बेरहमीसाथ एक पन्च हानेर सोध्यो।

“मैंने बताया न साहेब, मैं एक बिजिनेसमेन है। जरुर मेरा नाम शेख ओमर अजरुद्दिन है। पर मैं आतंककारी नहीं हुँ,” नाकको रगत पुछ्दै उसले बतायो। 

“क्या तु पाकिस्तानी नहीं है?” बिक्रमले सोध्यो।

“नहीं,” उसले भन्यो।

“क्या?” सबै छक्क परे।

“और मेरा घर नेपाल के कपिलवस्तु जिले में है। आप पता कर सकतें हैं। पर आप लोगों ने मुझे बोल्ने कहाँ दिया? और अभि यहाँ इतने दूर लाके ... हाय कहाँ फँस गया मैं ...?” ऊ सुँक्कसुँक्क गर्छ।

“और तेरे साथ बरामद हुवा पासपोर्ट?”

“वह मेरा नहीं है।”

“तो फिर किसका है?”

“आप ही पता करो।”

“वह हमें तेरे कमरे में मीला था। तुझे याद है न?”

“हाँ, साब मुझे जरुर याद है। पर वह चोरीछिपे किसी ने मेरे कमरे में रक्खा होगा।”

“कौन था वह?”

“नहीं मालूम। आप ही पता करो।”

यतिकैमा, बर्दी लगाएको एउटा प्रहरी सूचना लिएर आउँछ।

“सर,”

बयान लिइरहेको अफिसरलाई ऊ भन्छ : “इस आदमी का नाम जरुर शेख ओमर अजरुद्दिन है। इसने अपने बारे में जो भी बात हमें बताया था, सब सच है। और इसका पासपपोर्ट भी नकली है। यह देखिए फोरेन्सिक रिपोर्ट ...”

सिनियर अफिसरको अनुहार ओइलाउँछ। बिस्तारै ऊ फाइल लिन्छ। तर फाइल नहेरी शून्यमा टोलाउँछ। अनि भन्छ, “हमें एँडा बनाया गया। काँटा में एक निर्दोष आँटा को लट्काकर हमारे मुँह मे फेंका गया और उधर शत्रू ने सुरक्षित अपना काम निबटा लीया। हम हुक्ड् हो गये। अब क्या मुह दिखाएंगे?”

“माजरा कूछ ऐसा ही लगता है, सर। हम सब लुट गए। नेपाल में हम ने जिसको खरिदा था, दुष्मन नें उसके बापको खरिदा। हमें बहुत बडा चकमा दिया गया।” मातहतको एउटा अफिसरको आवाज आउँछ।

“लोगों को खरिद के काम करना कितना मुश्किल और खतरे से खेलना जैसा है, अब पता चला,” बिक्रम सिहंले भारी आवाजमा भन्यो। माहौलमा केही बेर सन्नाटा छायो। 

शिघ्र केही सोचेर बिक्रमले आफ्नो सहायकलाई निन्याउरो आवाजमा आज्ञा दियो, “इस अजरुद्दिन के बच्चेको बोर्डर क्रस कराके आओ।”

“ओके सर,” सहायकले भन्यो।

“ऐसे कैसे ?” घायल आवाजमा अजरुद्दिन बोल्यो, “मुझे आप वहीं छोड आओ जहाँ से आपने उठाया था।”

“बोर्डर क्रस करादेंगे, बसका किराया देदेंगे। अपने घरको चले जाना,” बिक्रम सिंहले शख्त आवाजमा भन्यो।

“जाके प्रेस कन्फेरेन्स करुंगा,” अजरुद्दिनले आफूलाई सम्हाल्दै हिम्मतिलो आवाजमा भन्यो।

“कर लेनाऽ” भन्दै बिक्रम सिंहले र्यापअप गर्‍यो र कम्मरको बेल्ट बान्दै उठ्यो। सबै उठे।

बिस्तारै फेजआउट।

खासमा,

काठमाण्डौ बस्ने केही पाकिस्तानी खुफियाहरुलाई पाकिस्तानका जासुसहरुले एउटा मूर्गा खोज्न लगाएका हुन्छन्। र, उनीहरुको नजरमा अजरुद्दिन परेको हुन्छ। भारतीय खुफियाहरुको ध्यान अन्तै मोडेर पाकिस्तानी खुफियाले सुनौली बोर्डर क्रस गरेर भारतका पहिल्यै तय गरिएका बिभिन्न स्थानहरुमा फटाफट आफ्नो मिशनलाई अन्जाम दिएका हुन्छन्। 

अनि फेरि उनीहरु सुरक्षित नेपाल फर्किएका हुन्छन्।

पाँच,

अर्को दिन।

सुनौली बोर्डर।

असली टेरोरिस्ट, जो कि काठमाण्डु एयरपोर्टबाट चोरीछिपे बाहिरिएर भारतमा आफ्नो मिशन फतेह गरीवरी आफ्ना डार्क कमाण्डोहरुका साथ भेष बदलेर फर्किँदै गरेको हुन्छ। उसको भेट भारतीय प्रहरीले ऊ नै भनेर अपहरण गरेर आफ्नो देश लगी केरकार गरेपछि बोर्डर ल्याएर छोडेको अजरुद्दिनसँग हुनपुग्छ। जो लरबरिँदै नेपाल तिर जाने हाइवेको किनारमा हिँडिरहेको हुन्छ।

टेरोरिस्टले उसलाई लिफ्ट दिन्छ। तर कुनै राज खोल्दैन।

असली टेरोरिस्ट जसरी काठमाण्डौ आएको थियो उसरी नै पाकिस्तान फर्किन्छ।

अजर आफ्नो घर पुग्छ र श्रीमतीलाई अंकमाल गर्छ। अनि आफ्नो आपबिति सुनाउँन थाल्छ।

छ,

इपिलग

“हाम्रो देशको बिकाउ सिस्टमको घोर फाइदा उठाएर भारत र पाकिस्तानका खुफियाहरुले यस्ता धेरै घीनलाग्दा खेलहरु खेलेका छन्। हाम्रो राष्ट्रियता, संप्रभुता र स्वाधिनताको रक्षार्थ हामी जुनसुकै हदसम्म पनि जान तयार छौं। हाम्रो मुलुकको साख हरण हुन नदिन हामी जुनसुकै मुलुकको चीर हरण गर्न सक्छौं।” काठमाण्डौको रिपोर्टस क्लबमा शेख ओमर अजरुद्दिन प्रेस कन्फेरेन्स मार्फत् भन्छ, “म नेपाली नागरिक हुँ। तर आज भारत र पाकिस्तान दुवै देशले मेरो नागरिकतामा धावा बोलेका छन्। म चुप लागेर किन बसुँ? त्यसैले मैले यो प्रेस कन्फेरेन्स गरेको हुँ। धन्यवाद।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell