PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमालेको विज्ञापनले आचार संहिता मिचेको भन्दै निर्वाचन आयोगमा उजुरी



पहिलोपोस्ट

एमालेको विज्ञापनले आचार संहिता मिचेको भन्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं : नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै विज्ञापन गरेको आरोप लगाउँदै मंगलबार निर्वाचन आयोगमा उजुरी परेको छ।

काठमाडौं महानगरपालिका वडा नं ३२ निवासी अमृत कार्कीले दायर गरेको उजुरीमा निर्वाचन आचार संहिता (तेस्रो संशोधन) २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ बाइ ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सकिने उल्लेख छ।  मंसिर १२ गते मंगलबार राष्ट्रिय दैनिकहरु कान्तिपुर, नागरिक, अन्नपूर्ण र नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो सहित “सुखी जनता, समृद्ध नेपाल, सुशासन र स्थिरताको लागि वामपन्थी सरकार” भन्ने सन्देश सहित छापिएको  विज्ञापनको आकार आचारसंहितामा उल्लेख गरिएको भन्दा ठूलो भएको उल्लेख छ।

उजुरीमा आचार संहितमा एउटा पत्रिकामा एक दिनमा एउटामात्र विज्ञापन गर्न पाइनेमा ४/४ वटा राष्ट्रिय दैनिकमा एकैचोटी विज्ञापन गरी नेकपा(एमाले)ले निर्वाचन आचार संहिता विपरित काम गरेकाले सो उपर अविलम्ब कारबाही गर्न निर्वाचन आयोगलाई अनुरोध गरिएको छ।


(*यसअघिको शीर्षकले गलत अर्थ लाग्ने भएर शीर्षक परिवर्तन गरिएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell