PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कविता : म लोकल मास्टर!



पहिलोपोस्ट

  • बादल देवान

 

विद्यालय खुलेको १५ मिनेट पछि

विद्यालय पुग्ने म मास्टर

घण्टी लागेको १५ मिनेट पछि

कक्षाकोठा छिर्ने म मास्टर

घण्टी सकिन १५ मिनेट अघि

कक्षाकोठा छोड्ने मै मास्टर

 

सिकाउन भन्दा निदाउन

आनन्द मान्ने म मास्टर

कार्यलयमा खैनी माड्दै

सुर्ती खानुहुन्न भन्ने म मास्टर

अध्यक्षको अघि लम्पसार पर्दै

आन्द्रा जोड्ने मै मास्टर

 

हाजिर गरेर 'घरमा काम छ' भन्दै

हाजिर रेकर्ड तोडने म मास्टर

विद्यार्थी थर्काउँदै अभिभावक भड्काउँदै

राजनीति गोड्ने म मास्टर

शैक्षिक समस्याबारे छलफल गर्दा

टाउको भट्टीतिर मोड्ने मै मास्टर

 

उत्तरपुस्तिका सिरानी लाएर

रिजल्ट कोर्ने म मास्टर

तालिम जति सबै भ्याएर

भत्ता सोर्ने म मास्टर

पढाउन छाडि

जग्गा दलाली गर्नेनी मै मास्टर

 

जैले अनेक बहानामा ३:१५ मा स्कुल छोड्ने

म लोकलमास्टर!!!

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell