PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चुनावमा खटिएका मन्त्रीका अंगरक्षकलाई हर्ट अट्याक, उपचार गर्दागर्दै मृत्यु



पहिलोपोस्ट

चुनावमा खटिएका मन्त्रीका अंगरक्षकलाई हर्ट अट्याक, उपचार गर्दागर्दै मृत्यु
प्रतीकात्मक फोटो : Reader's Digest

काठमाडौं : मन्त्रीको सुरक्षामा खटिएका एक अंगरक्षकको हृदयघातका कारण मृत्यु भएको छ। विना विभागीय मन्त्री तथा वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान निधन भएको मन्त्री मण्डलले जानकारी दिए। 

दैलेख घर भएका अंगरक्षक राम बहादुर बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए। मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरहेको अवस्थामा असहज भएपछि उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्याइएको थियो। उपचारको क्रममा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell