PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन, खोजी कार्य जारी



पहिलोपोस्ट

बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन, खोजी कार्य जारी

बाजुरा: बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका कर्मचारी हुन्। गिरी मदिरा सेवन गर्ने भएकाले उनी कतै होटलमा बसेको प्रहरीको अनुमान छ। सम्पर्कविहीन रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उनी सम्पर्कविहीन भएको उनका सहयोगी कर्मचारीले बताएका छन्। गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिरै मतपेटिका राखिएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell