PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

विराट कोहलीले शतक हान्दा रेकर्डको वर्षा



पहिलोपोस्ट

विराट कोहलीले शतक हान्दा रेकर्डको वर्षा
फोटो : बिसीसीआई

काठमाडौं : भारतीय क्रिकेट कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा १९औं शतक बनाएका छन्। नागपुरमा भइरहेको श्रीलंका विरुद्ध दोस्रो टेष्टको तेस्रो दिन उनले आइतबार १ सय ३० बलमा शतक प्रहार गर्दै विभिन्न रेकर्ड बनाएका हुन्।

टेष्ट क्रिकेटमा यो वर्ष कोहलीको यो चौथो शतक हो भने सबैखाले फर्म्याटमा गरी २०१७ मा दशौँ शतक हो।

कोहलीले एकै क्यालेन्डर इअरमा सबैखाले फर्म्याटमा सर्वाधिक शतक बनाउने सूचीमा अष्ट्रेलियाका रिक्कि फोन्टिङ र दक्षिण अफ्रिकाका ग्रेम स्मिथलाई पछि परेका हुन्। दुवैले ९ शतक बनाएका थिए। पोन्टिङ २००५ र २००६ मा ९-९ शतक बनाएका थिए भने स्मिथले २००५ मा ९ शतक प्रहार गरेका थिए।

यस्तै विराटले भारतीय टेस्ट कप्तानको भूमिकामा सबैभन्दा बढी शतक बनाउने कीर्तिमान समेत आफ्नो नामम लेखाएका छन्। कोलकतामा भएको पहिलो टेस्टमा विराटले शतक प्रहार गर्दै पूर्व कप्तान सुनिल गावस्करको ११ टेष्ट शतक कीर्तिमानलाई बराबरी गरेका थिए।

आइतबार दोस्रो टेष्टमा शतक प्रहार गरेपछि कोहलीले गावास्कारलाई पछि पार्दै सर्वाधिक १२ शतक बनाएका हुन्। गावास्कारले कप्तानको भूमिकामा ४७ टेष्ट खेल्दै ११ शतक प्रहार गरेका थिए। तर कोहलीले कप्तानका रुपमा ३१ मात्र टेष्ट खेलेर उनको रेकर्डलाई उछिनेका हुन्।

वान डे क्रिकेटमा ३२ शतक बनाइसकेको कोहलीको कूल शतक संख्या ५१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell