PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

च्याम्पियन्स लिग : रियल मड्रिड र बेसिकटास अन्तिम १६ मा प्रवेश, डर्टमण्ड र मोनाको बाहिरियो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : रियल मड्रिड र बेसिकटास अन्तिम १६ मा प्रवेश, डर्टमण्ड र मोनाको बाहिरियो

साविक विजेता रियल मड्रिड र बेसिकटास युरोपिनय च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन्। रियल मड्रिड अपोल निकोसियालाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुगेको हो।

रियलका लागि करिम बेन्जामा र क्रिस्टियानो रोनाल्डोले २-२ गोल गरे। यस्तै लुका मोडरिच र नाचो फर्नान्डेजले १-१ गोल गरे। जितपछि समूह एचमा ५ खेलबाट रियलले १० अंक जोडेको छ। यसै समूहमा अन्तिम १६ मा पुगिसकेको टोटनहमले बोरुसिया डर्मण्डलाई २-१ ले पराजित गरेको छ। एक गोलले पछि परेको अवस्थामा टोटनहमका लागि ह्यारी केन र होन मन सनले गरे।

डर्टमण्डका लागि पिएरे एमरिक ओवामेयाङले गोल गर्दै पहिले अग्रता दिलाएपनि त्यसलाई कायम राख्न नसक्दा समूह चरणबाटै बाहिरियो। ५ खेलबाट टोटनहमको १३ अंक छ।

यता पोर्टोसँग १-१ को बराबरी खेलेको टर्कीस क्लब बेसिकटास समूह चरणमा एक खेल बाँकी छै अनतिम १६ मा स्थान बनाएको छ। फिलिपेले गोल गर्दै पोर्टोलाई पहिले अग्रता दिलाएपनि बेसिकटासका लागि एन्डनरसन टलिक्काले बराबरी गोल फर्काएका थिए। बराबरीपछि बेसिकटासको ५ खेलबाट ११ अंक छ  र समूह जी को विजेता बन्ने पक्का छ।

यसै मूहको अर्को खेलमा लेइपजिगसँग ४-१ ले पराजित भएपछि मोनाको भने समूहचरणबाटै बिहरिएको छ। पोर्टो र लेइपजिगको समान ७ अंक छ। यी दुईमध्ये एक टिम प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछ। अब पोर्टोले मोनाको तथा लेइपजिगले बेसिकटासँग प्रतिस्पर्धा गरनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell