PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नाइजेरियामा भएको आत्मघाती विष्फोटमा ५० जनाको मृत्यु 



पहिलोपोस्ट

नाइजेरियामा भएको आत्मघाती विष्फोटमा ५० जनाको मृत्यु 
फोटो श्रोतः AP

नाइजेरिया : उत्तरपूर्वी नाइजेरियाली सहर मुवीमा रहेको एक मस्जीदमा मङ्गलबार विहानै भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको प्रहरीले जनाएको छ । 
बिहानै एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विष्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले जानकारी दिए। 

अबुवाकरले भने, “मङ्गलबार साँझसम्मको रिपोर्ट अनुसार आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको सङ्ख्याको पनि एकीन विवरण लिने प्रयास भइरहेको छ।” 

बिहानको प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए। फ्रान्सको राज्य सञ्चालित समाचार संस्था ९एएफपी० लाई एक जना प्रत्यक्षदर्शीले आक्रमणकारी पनि प्रार्थना गर्नेहरुकै समूहमा रहेको बताएका छन्। 

आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। 

नाइजेरियामा बोको हरामले आठ वर्षयता चलाएको सशस्त्र द्वन्द्वमा २० हजार मानिसको ज्यान गइसकेको छ भने करिब २३ लाख मानिस विस्थापित बनेका छन् । भीडभाड बढी हुने क्षेत्रलाई इस्लामवादी लडाकू समूह बोको हरामले लक्षित गर्दै आएको छ। 

बोको हरामको कब्जामा रहेका केही क्षेत्र सेनाले पुनः नियन्त्रणमा लिएपछि उक्त समूहले आत्मघाती हमला बढाएको हुनसक्ने अनुमान स्थानीय सञ्चारमाध्यमले गरेका छन् । रासस/सिन्ह्वा/एएफ्पी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell