PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जुम्लाका दुर्गाबहादुर बुढालाई नेपालगन्ज म्याराथनको उपाधी, हाफ म्याराथनमा सेनाकी रेसु च्याम्पियन



पहिलोपोस्ट

जुम्लाका दुर्गाबहादुर बुढालाई नेपालगन्ज म्याराथनको उपाधी, हाफ म्याराथनमा सेनाकी रेसु च्याम्पियन

नेपालगन्ज : विभागीय टोलीका खेलाडीको दबदबालाई पछि पार्दै जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन–२०१७ को उपाधी जितेका छन्।

क्रियटिभ ह्याण्ड्सले नेपालगन्जमा आयोजना गरेको तेस्रो संस्करणको म्याराथनमा दुर्गाले निर्धारित दूरी २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरेका थिए। विजेता बाहेक शीर्ष ८ मा स्थानमा विभागिय टोलीका खेलाडी रहे। सेनाका खडकबहादुर खड्का (२ घन्टा २७ मिनेट २० सेकेन्ड) दोस्रो , एपीएफका गणेशसिंह ठकुरी (२ घन्टा २८ मिनेट ३५ सेकेन्ड) तेस्रो भए।

पहिलो,  दोस्रो र तेस्रो हुनेले क्रमश: ५५ हजार,  २५ हजार र १५ हजार नगद, मेडल र प्रमाणपत्र हात पारे।

यसैगरी महिला २१ किलोमिटरको हाफ म्याथन दौडमा नेपाली सेनाका खेलाडीको वर्चस्व रह्यो। १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी नेपाली सेनाका रेसु बस्नेत प्रथम भइन्। सेनाकै चन्द्रा रावत (१ घन्टा २८ मिनेट ०६ सेकेन्ड) दोस्रो र एपीएफ क्लबकी कृष्णश्वरी सिन्तकला (१ घन्टा ३० मिनेट ०७ सेकेन्ड) तेस्रो भइन्। उनीहरुले क्रमशः ३५ हजार,  १५ हजार र १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरे।

दशवर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नारासहित आयोजना भएको म्याराथन नेपालगन्ज रंगशालादेखि सुरु भइ कोहलपुर चौराहादेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः रंगशालामा पुगेर टुंगिएको थियो।

५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए। रामायाले १९ मिनेट ४२ सेकेन्डमा तथा नरेशले १६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेका थिए।

छात्रर्फ जुम्लाका विवेक कठायत (१७ मिनेट १५ सेकेन्ड) दोस्रो,  बाँकेका अरविन्द क्षत्री (१८ मिनेट ) तेस्रो भए। छात्रामा जुम्लाकी अमृता भण्डारी (२० मिनेट ३३ सेकेन्ड) दोस्रो र सल्यानकी चन्द्रकुमारी घर्ती (२१ मिनेट ५०) तेस्रो बनिन्।

ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भए। उनीहरुले क्रमश: ५, ३, २ हजार प्राप्त गरे।

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उप महानगरपालिका मेयर धवल शमशेर राणा, नेपालगन्ज म्याराथनका संरक्षक विजय लामालगायतले पुरस्कार प्रदान गरे।

सोही अवसरमा आयोजित नृत्यमा नेपालगन्ज मोडल एकेडेमीका गरिमा चौधरी प्रथम, जयबागेश्वरी दीपेश थापा दोस्रो र ग्रिनपिस स्कुलका प्रिन्सा खड्का तेस्रो भइन्। सबै इभेन्ट्समा गरि ६ सय ५६ भन्दा बढीको सहभागिता रहेको थियो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell