PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुरक्षाकर्मीसँगको भिडन्तमा काश्मिरमा तीन आतंककारीको मृत्यु



पहिलोपोस्ट

सुरक्षाकर्मीसँगको भिडन्तमा काश्मिरमा तीन आतंककारीको मृत्यु

श्रीनगर :  भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार इ तोइबासँग सम्बन्धित तीन आतङ्ककारी मारिएका छन्। 

प्रायः अशान्त नै रहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी र सुरक्षाकर्मीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन्। 

भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने कुप्वारा जिल्लाको मगाम हान्दवारा गाउँमा मङ्गलबार बिहान घटना भएको प्रहरीले जानकारी दिएको छ। 

मङ्गलबार बिहान भएको गोली हानाहानमा भारतीय प्रहरी र सैनिकतर्फ भने कुनै क्षति नभएको प्रहरी अधिकारीहरुले बताएका छन्। 

भारतको आर्थिक राजधानी मुम्बाईमा सन् २००८ मा भएको आक्रमणमा लासकार इ तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको थियो। 

आक्रमणमा परी १६६ जनाको मृत्यु भएको थियो भने अन्य एक सय भन्दा बढी घाइते भएका थिए। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell