PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तपाईँको निर्वाचन क्षेत्रको मतपत्र कस्तो? हेर्नुस् नमूना



तपाईँको निर्वाचन क्षेत्रको मतपत्र कस्तो? हेर्नुस् नमूना

काठमाडौँ : आगामी मंसिर १० गते र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको नमूना सार्वजनिक गरेको छ। 

पहिलो चरणमा मतदान हुने जिल्लाका मतपत्रको नमूना यसअघि नै सार्वजनिक भइसकेको भए पनि दोस्रो चरणमा मतदान हुन लागेका जिल्लाहरुको नमूना मतपत्र पनि भर्खरै सार्वजनिक गरिएको हो। 

हरेक जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवारहरु अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि अलग अलग मतपत्रहरु तयार पारिएका छन्। उम्मेदवारहरुको अन्तिम सूची आइसकेपछि मात्र मतपत्र छापिएका हुनाले मतपत्र अनावश्यक रुपमा लामो देखिएको छैन। त्यसैगरी गठबन्धन गरेर उम्मेदवारी नदिएका पार्टीहरुको चुनाव चिह्न पनि मतपत्रमा देखिने छैन। त्यसैले वाम गठबन्धन भएर एमालेले उम्मेदवारी नदिएका क्षेत्रका मतपत्रमा सूर्य चिह्न हुने छैन भने माओवादीले उम्मेदवारी नदिएका क्षेत्रहरुमा गोलाकारभित्र हँसियाहथौडा चुनाव चिह्न देखिने छैन। त्यसैगरी लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसले उम्मेदवारी नदिएका क्षेत्रहरुमा रुख चुनाव चिह्न पनि देखिने छैन। 

कुन जिल्लाको मतपत्र कस्तो? हेर्नुस् नमूना (पिडिएफ फाइल) 
 

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको जिल्लागत मतपत्रको नमुना:

प्रदेश नं. १

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ५

प्रदेश नं. ६

प्रदेश नं. ७

 

दोश्रो चरणमा निर्वाचन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको जिल्लागत मतपत्रको नमुना:

प्रदेश नं. १

प्रदेश नं. २

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ५

प्रदेश नं. ६

प्रदेश नं. ७

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell