PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'एकादेशमा फिल्म महोत्सव'मा ‘डेथ अफ अ साउन्ड म्यान’ र ‘लेज्ला’ उत्कृष्ट



पहिलोपोस्ट

'एकादेशमा फिल्म महोत्सव'मा ‘डेथ अफ अ साउन्ड म्यान’ र ‘लेज्ला’ उत्कृष्ट

काठमाडौं: फिल्म ‘डेथ अफ अ साउन्ड म्यान’ यसपटकको ‘एकादेशमा सर्ट फिल्म फेस्टिभल’ मा बेस्ट फिल्म घोषित भयो। सोरायस मिनिमल प्रपपन निर्देशित थाइल्यान्डको फिल्मले ‘चेन्जिङ प्रस्पेक्टिभ’ विधाअन्तर्गत अवार्ड जितेको हो। फिल्मले ५० हजार नगद रुपैयाँ जित्यो।

महोत्सवमा ‘चेन्जिङ प्रस्पेक्टिभ’ विधामा अभिनेत्री मनीषा कोइराला, भेनिस फिल्म फेस्टिभलका पाउलो बर्तोलिन र फिल्ममेकर मुस्तफा सरवार फरुकीको निर्णायक मण्डल थियो भने ‘फयुचर अफ सिनेमा’ विधातर्फ समीक्षक यज्ञश, नम्रता श्रेष्ठ, फिल्मकर्मी अबु साहेद एमोन निर्णायक रहेका थिए।

महोत्सवमा विकास न्यौपाने निर्देशित ‘लछमनिया’ ले अडियन्स च्वाइस अवार्ड जित्यो भने रोशन ठकुरीको ‘सिल्भर ब्यांगल्स’ र राना काज्का तथा अनस खालफको फिल्म ‘मर नोस्ट्रम’ लाई स्पेसल मेन्सन अवार्ड जिते।

‘फयुचर अफ सिनेमा’ विधातर्फ १७ फिल्ममध्ये स्टिजन बौमाको ‘लेज्ला’ले बेस्ट अवार्ड पायो। जुरीले पायल कपाडिया निर्देशित ‘आफ्टरनुन क्लाउड’ र जर्मन निर्देशक जोनाथन स्वेंकको सोग’ लाई स्पेसल मेन्सन अवार्ड प्रदान गर्‍यो।

नेपालसहित ४३ देशका कूल ९९ सर्ट फिल्म प्रदर्शन भएका थिए। कात्तिक ३० देखि मंसिर ३ गतेसम्म भएको चार दिने फेस्टिभलमा नेपालबाट २१ फिल्मले सहाभागिता जनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell