PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बलिउड पटकथा लेखकले नेपालमा पटकथा लेखन सिकाउने



पहिलोपोस्ट

बलिउड पटकथा लेखकले नेपालमा पटकथा लेखन सिकाउने

काठमाडौं: बलिउडका पटकथा लेखक अन्जुम राजाबलीले नेपालमा पटकथा लेखनको तालिम दिने भएका छन्। कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणमा पटकथा लेखन सिकाउनका लागि काठमाडौं आउने भएका हुन्।

राजाबलीले दुई दिन प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको हलमा पटकथा लेखनका विविध आयाम बारे जानकारी गराउनेछन्।

एकेडेमीका कार्यकारी अधिकृत प्रकाश पुरीले राजाबलीले डिसेम्बरको १४ र १५ गते पटकथा सम्बन्धि प्रशिक्षण दिने जानकारी गराए। ‘विगत एक वर्षदेखि हामी राजाबलीको समयको पर्खाइमा थियौं। अन्ततः उहाँले दुई दिनका लागि प्रशिक्षण दिने समय मिलाउनु भएको छ। यसले पटकथा लेखनमा रुचि राख्ने धेरैलाई फाइदा हुने विश्वास लिएका छौं,’ पुरीले भने।

राजाबली २० वर्षदेखि बलिउड फिल्ममा पटकथा लेखकको रुपमा सक्रिय छन्। गोविन्द निहलानी निर्देशित फिल्म ‘द्रोहकाल’मा सहायक लेखकको रुपमा लेखन थालेका राजाबलीले प्रकाश झा निर्देशित फिल्म ‘राजनीति’, ‘सत्याग्रह’, ‘आरक्षण’, ‘चक्रब्युह’सँगै ‘पुकार’, ‘कच्चे धागे’ जस्ता फिल्ममा पटकथा लेखन गरेका छन्। राजाबली सुभाष घईको फिल्म स्कुल ‘ह्विसलिङ वुड्स’सँगै पुना फिल्म कलेजमा पनि पटकथा लेखन पढाउँछन्।

दुई दिन प्रशिक्षणका समयमा उनले कथा चयनदेखि कथाको विकासक्रमका विभिन्न चरणको बारेमा जानकारी बाँड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell