PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

‘एक्स फेक्टर मोडल नेपाल’ प्रतियोगिता हुने



पहिलोपोस्ट

‘एक्स फेक्टर मोडल नेपाल’ प्रतियोगिता हुने

काठमाडौं: ‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ। महिला तथा पुरुष दुबैको लागि आयोजना हुने प्रतियोगिताले अन्तराष्ट्रिय स्तरमा नेपालका मोडल पठाउने उदेश्य राखेको बताइयो।

यस प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूहका पुरुष र महिलाले सहभागिता जनाउन पाउने छन्। प्रतियोगिताको अडिसन मंसिर ५ गतेदेखि त्रिपुरेश्वरस्थित डब्लुटिसीमा सुरु भएको छ। 

एक्स फेक्टरमा सहभागि हुनेलाई अभिनय, र्‍याम्प मोडलिङ, फेशन मोडलिङ, १५ वटा भन्दा बढि फरक–फरक थिममा फोटोसुट गराइने बताइएको छ। सहभागिताका लागि जनाउन एक्स फेक्टरको अफिसियल फेसबुक पेजमार्फत सम्पर्क गर्न सक्नेछन्। प्रतियोगिताको विजेतालाई पुरस्कार साथै ४ दिनको थाईल्याण्ड टुरको समेत मौका मिल्ने बताइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell