PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एम्बुलेन्सको ठक्करबाट तीन जनाको मृत्यु



पहिलोपोस्ट

इटहरी :  सुनसरी इटहरी उपमहानगरपालिका–४ हलगडास्थित इटहरी–धरान सडकखण्डमा गएराति एम्बुलेन्सले  स्कुटरलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ। 

इटहरीबाट उत्तरतिर गइरहेको को२२प ४६७ नम्बरको स्कुटर र धरानबाट इटहरीतर्फ गइरहेको को१च ७००९ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किंदा स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि धरान लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–२ का ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पाको भैरवस्थान ऋद्धि गाउँपालिकाका ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्ले छन्।

स्कुटरलाई ठक्कर दिने एम्बुलेन्स र चालक सुनिल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell