PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इन्जुरी टाइममा २ गोल गर्दा पनि हार्‍यो युभेन्ट्स, बेनेभेन्टोको लगातार १३औँ हार



पहिलोपोस्ट

इन्जुरी टाइममा २ गोल गर्दा पनि हार्‍यो युभेन्ट्स, बेनेभेन्टोको लगातार १३औँ हार

साविक विजेता युभेन्ट्सले यस सिजन इटालियन सिरी ए मा दोस्रो हार बेहोरेको छ। इन्जुरी टाइममा दुई गोल पर्काउँदा पनि युभेन्ट्स साम्पडोरियासँग ३-२ ले पराजित भएको हो।

साम्पडोरियाका लागि डुभान जापाटा, लुकास टोरेएरा र जियान मार्कव फेरारीले गोल गरे। युभेन्ट्सका लागि गोन्जालो हिग्वेन र पाउलो डिबलाले इन्जुरी टाइममा गोल गरेपछि हार टार्न पर्याप्त भएन।

यता कप्तान माउरो इकार्डीको दुई गोल मद्दतमा इन्टर मिलान एटलान्टालाई २-० ले पराजित गर्दै  अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

जितपछि १३ खेलबाट ३३ अंक जोडेको इन्टर युभेन्ट्सलाई पछि पार्दै दोस्रो स्थानमा उलक्लेको हो। समान खेलबाट ३१ अंक रहेको युभेन्ट्स तेस्रो स्थानमा झरेको छ। ३५ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ।

नवप्रवेशी बेनेभेन्टोले यस सिजन खेलेको १३ वटै खेलमा हार बेहोर्ने क्रममा ससुलोसँग २-१ ले पराजित भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell