PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुस्ताङको लोमान्थाङमा नेपाल टेलिकमको थ्रीजी सेवा



मुस्ताङको लोमान्थाङमा नेपाल टेलिकमको थ्रीजी सेवा

काठमाडौं : नेपाल टेलिकमले उपल्लो मुस्ताङको लोमान्थाङमा थ्रीजी सेवा संचालनमा ल्याएको छ।

३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमन्थाङ गाउँपालिकाको वडा नं ५ मा टेलिकमले बिटिएस राखेको छ।

मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउडाँडामा रिपिटर स्टेसन राखी माइक्रोवेभ लिंकमार्फत् बिटिएससँग सम्पर्क कायम गरिएको हो।

लोमान्थाङ गाउँपालिकाका ४ सय ५० घरधुरी लगायत छोसरे र कोरला नाकासम्म घुम्न जाने पर्यटकले अब थ्रीजीको सुविधा उपभोग गर्न सक्ने नेपाल टेलिकमले विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपाल टेलिकमले लोमान्थाङमा गत वर्ष जेठ १ गते जिएसएम  अन्तर्गत टुजी मोवाइल सेवा संचालनमा ल्याएको थियो भने सिडिएमए सेवा भने पहिल्यैदेखि संचालनमा आएको हो।
 
उक्त क्षेत्रमा स्याटलाइट लिङ्कबाट उपलव्ध भइरहेका टुजी र सिडीएमए सेवा अब माइक्रोवेभ लिंकमार्फत अपग्रेड गरी क्षमता र गुणस्तर बढाइएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

नेपाल टेलिकमले म्याग्दीको ओखरबोटमा पनि मंसिर १ गतेदेखि टुजी बिटिएस टावर संचालनमा ल्याएको छ। 

मालिका गाउँपालिका-३, डाँडा गाउँमा उक्त टावर स्थापना गरिएको हो। मालिका गाउँपालिका वडा नं २  अन्तर्गत रुमा, जेमा, बिल्वाङ, र खवाङ, वडा नं ३ अन्तर्गत झागाउँ, अउला, र पातले, वडा नं ४ अन्तर्गत ओखरबोटका सबै क्षेत्र गरी ७ सयभन्दा बढी घरधुरीले उक्त सेवासुविधा पाउने नेपाल टेलिकमले जनाएको छ। यस अघि उक्त क्षेत्रमा सिडीएमए सेवामात्र संचालनमा थियो।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell