PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रिमियर लिग : म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै, चेल्सी र लिभरपुलको शानदार जित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै, चेल्सी र लिभरपुलको शानदार जित

लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राख्दै लगातार दशौँ जित हासिल गरेको छ। यस्तै साविक विजेता चेल्सी र लिभरपुलले पनि शानदार जित निकालेका छन्।

म्यान सिटीले लेस्टर सिटीलाई २-० ले पराजित गर्दै यस सिजन अपराजित रहने एक्लो टोली बनेको हो। सिटीको जितमा गाब्रिएल जेसस र केभिन डे ब्रएनाले एक एक गोल गरे। १२ खेलबाट ३४ अंक जोडेको सिटी शीर्ष स्थानमा आसिन छ।

यता एडेन हाजार्डको दुई गोल मद्दतमा चेल्सीले वेष्टब्रोमलाई ४-० ले हराएको छ। अल्भारो मोराटा र मार्को एलोन्सोले गोल गरे। सिजनको आठौँ जितपछि १२ खेलबाट २५ अंक जोड्दै चेल्सी दोस्रो स्थानमा उक्लेको छ।

यस्तै मोहमद सलाहको दुई गोल सहयोगमा लिभरपुलले साउथह्याम्पटनलाई ३-० ले पराजित गरेको छ। लिभरपुलका लागि फिलिप काउटिन्होले अर्को गोल गरे। जितपछि आर्सनल समान २३ अंक जोडेको लिभरपुल गोलअन्तरमा अगाडी रहदै पाँचौ स्थानमा उक्लेको छ भने आर्सनल छैटौँ स्थानमा झरेको छ।

सिमोन फ्रान्सिसले रातो कार्ड पाएपनि कलुम विल्सनले ह्याट्रिक गरेपछि एएफसी बर्नमाउथले हडल्शफिल्ड टाउनलाई ४-० को फराकिलो अन्तरमा हरायो भने बर्नीले स्वान्सी सिटीलाई २-० ले पराजित गर्‍यो। एभरटन र क्रिस्टल प्यालेसले २-२ को बराबरी खेल्दै अंक बाँडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell