PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मिस वर्ल्डमा मिस नेपाल नीकिताको स्थान टप ४० सम्म मात्रै

मिस वर्ल्डमा मिस नेपाल नीकिताको स्थान टप ४० सम्म मात्रै


चीनको सान्यामा शनिबार भएको मिस वर्ल्डको फिनालेमा मिस नेपाल नीकिता चाण्डक टप ४० सम्ममात्रै पुग्न सफल भइन्। यो स्थान उनले आफ्नो समूहको हेड टु हेड च्यालेन्ज जितेर पाएकी थिइन्। 

मल्टिमिडिया च्यालेन्जको विजेता मिस मंगोलिया भइन्। त्यसैगरी ब्युटी विद् अ पर्पोजमा पनि छाउपडी प्रथाविरोधी नीकिताको अभियान टप फाइभमा पर्न सकेन। टप फाइभमा दक्षिण अफ्रिका, भियतनाम, भारत, इन्डोनेसिया र फिलिपिन्सका सुन्दरीको अभियान पर्‍यो। यस पटक पाँचै जनालाई विजयी घोषणा गरियो। 

मिस नेपाल डान्सेज अफ दि वर्ल्डमा भने नेपाली पहिरनमा नाच्दै देखा परिन्। 

यो वर्षको मिस वर्ल्ड उपाधि मिस इन्डिया मानुषी चिल्लरले जितिन्। 


ट्रेन्डिङ पोस्ट

Ncell