PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गाउँ-गाउँमा सडक नाटक 'महादान'



पहिलोपोस्ट

गाउँ-गाउँमा सडक नाटक 'महादान'

काठमाडौं : एउटा युवा बैदेशिक रोजगारीको लागि बिदेश जाने तयारीमा हुन्छ। ठिक यही समयमा गाउँघरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लहर चलिरहेकोछ। निर्वाचनकै दिन उसको बिदेश उड्ने टिकट छ। अन्तत सो युवाले बिदेश उड्ने टिकट रद्ध गर्छ। मुलुकमा प्राप्त गणतन्त्र र नयाँ संविधानलाई स्थापित गर्दै मुलुकमै अब केही गर्नु पर्छ भनेर उ गाउँ गाउँमा अबको चुनावमा कसरी मतदान गर्ने भनेर मतदाता शिक्षा दिन अहोरात्र खट्छ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत यस्तै-यस्तै सन्देश बोकेको सडक नाटक ‘महादान’ यतीबेला मुलुकका विभिन्न स्थानमा मञ्चन भईरहेको छ। आरोहण गुरुकुलसँगको सहकार्य तथा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्वमा विभिन्न नाट्य टोली अहिले फरक-फरक निर्वाचन क्षेत्रमा सडक नाटक मार्फत निर्वाचन शिक्षा दिन व्यस्त छन्।

यसै क्रममा हाम्रो थियटर समुहले पूर्वी जिल्ला पाँचथरका विभिन्न स्थानमा सडक नाटक महादान मञ्चन गर्दै स्थानिय बासिन्दालाई मतदान शिक्षा लिएका छन्। यो समुहले शनिबार पाँचथर कुम्भायक गाउँपालीको यासोबजार, मित्राफुङ गाउँपालीकाको रबि बजार, तुम्बेवा गाउँपालीकाको दशमी बजार र फाल्गुनन्द गाउँपालीकोको घुर्विस कचमी बजारमा नाटक प्रदर्शन गरेको छ। नाटकमा उल्लेख्य जनसमुदायको सहभागीता रहेको र सबैले सुरु देखि अत्यसम्म नाटक चासो पुर्वक हेरेको थियटर समुहका निर्देशक प्रेम ओझाले जानकारी दिए।

यस्तै नाचघरबाट निर्वाचन शिक्षाका लागि रामेछाप पुगेका कलाकारहरुले रामेछापको विभिन्न स्थानमा नाटक मञ्चन गरेको छ। टोलीका प्रमुख रमेश केसी मट्टारेका अनुसार रामेछापको लिखु गाउँपालीकाको धोबी बजार, गोकुल गंगा गाउँपालीकाको रस्नालु बजारमा पनि नाटक प्रदर्शन गरिएको छ।

नाचघरकै कलाकार आकाश थापाको नेतृत्वमा गएको अर्को टोलीले टोलीले शनिबार दोलखाको चरिकोट बजारमा, जिल्ला निर्वाचन कार्यलय चरिकोटमा, कालिन्चोक गाँउपालीका सुनखानी बजारमा र विगु गाउँपालीका सिङटी बजारमा सडक नाटक महादान मञ्चन गरेको छ।

शनिबारै भिक्टोरिया इन्टरटेन्टमेन्ट प्रालीले पनि मुस्ताङको खासाङ गाउँपालीकाको केवाङ भन्ने ठाउँमा नाटक महादान प्रदर्शन गर्‍यो। नाटकका निर्देशक संगम कायस्थाका अनुसार यो ठाउँका स्थानियले नाटकमार्फत शिक्षासँगै मनोरञ्ज समेत लिए।

सपु सांस्कृतीक मञ्चले पनि शनिबार बझाङको विभिन्न गाउँपालीकामा नाटक मञ्चन गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell