PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेसले चना चबाएर बसेको छैन यहाँ, विकास गरेको छ : शशांक कोइराला



कांग्रेसले चना चबाएर बसेको छैन यहाँ, विकास गरेको छ : शशांक कोइराला

गोरखा : नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले गोरखाको पालुङटार पुगेर बाबुराम भट्टराईलाई भोट मागेका छन्। शनिबार दिउँसो त्यहाँ आयोजित सभामा उनले भने, 'उहाँको विजयको ग्यारेन्टी गर्नुस्, यो ठाउँको विकास हुन्छ, हुन्छ, हुन्छ।

कोइरालाले नेपाली कांग्रेसको इतिहास खोतल्दै भने, 'नेपाली कांग्रेसले चना चबाएर बसेको छैन यहाँ, विकास गरेको छ।' उनले उदाहरण दिए, ४८ साल ८ हजार किलोमिटर बाटो थियो। अहिले ८१ हजार किमी बाटो छ। कसले बनायो? कांग्रेसले।'

उनले त्यतिबेला एउटामात्र विश्वविद्यालय भएकोमा अहिले १० वटा भएको प्रसंगसमेत जोडे। 

'अहिले तपाईँहरुसँग गोजीमा मोबाइल होला, कसले दियो? कांग्रेसले दियो,' उनले थपे। 

 बीचमा द्वन्द्वका कारण विकासको गतिमा ब्रेक लागेको उनले बताए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell