PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निर्वाचन अघि नै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी



पहिलोपोस्ट

निर्वाचन अघि नै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

काठमाडौँ :  सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए। 

उनले चाँडै नै सातवटै प्रदेश प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने बताए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानुनी व्यवस्था छ। 

प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचन अघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ। 

नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था रहेको छ। प्रदेश प्रमुख राजनीतिक नियुक्त गर्ने व्यवस्था कानुनमा राखिएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell