PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारी सेवाको अवसरः विद्युत प्राधिकरणले माग्यो ४४९ कर्मचारी

सरकारी सेवाको अवसरः विद्युत प्राधिकरणले माग्यो ४४९ कर्मचारी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेपाल विद्युत प्राधिकरणले खुला, आन्तरिक प्रतिस्पर्धा तथा समावेशी रुपमा पदपूति गर्ने गरी ४४९ कर्मचारी माग गरेको छ। प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।

प्राधिकरणको सूचना अनुसार अधिकृत स्तरमा ८० जना कर्मचारी माग गरिएको छ। जसमा तह १० को प्रवन्धकदेखि प्रशासन र प्राविधिकतर्फका अधिकृतसम्म छन्।

सहायक स्तरमामा तह ५ मा मिटररिडिङ सुपरभाइजरमा २० जना, लेखापालमा ११, तथा सुपरभाइजर ३० जना छन्। यस्तै, सुपरभाइजरमा प्राविधिकतर्फ १० जना माग गरिएको छ।

तह ४ मा सिनियर मिटर रिडरमा ५२, सहायक लेखापाल ४५ र फोरमेन ८८, फोरमेन सिभिलतर्फ १ को माग भएको छ। यस्तै, तह ३ मा मिटर रिडर ३२ जनाको माग भएको छ । तह ३ इलेक्ट्रिसियनमा ७९ जनाको माग भएको छ । जुनियर प्राविधिकतर्फ मेकानिकल १ जनाका लागि प्राधिकरणले विज्ञापन गरेको छ।

अधिकृत स्तरको दरखास्त फाराम केन्द्रीय कार्यालय र अन्य दरखास्त फाराम विज्ञापन भएको क्षेत्रीय कार्यालयमा पाइनेछ।

हेर्नुस् विज्ञापन



ट्रेन्डिङ पोस्ट

Ncell