PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाल वयानका लागि विशेष अदालतमा हाजिर



पहिलोपोस्ट

कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाल वयानका लागि विशेष अदालतमा हाजिर

काठमाडौं :  तत्कालिन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल वयानका लागि आज विशेष अदालत उपस्थित भएका छन् ।

लामो समयदेखि फरार रहेका उनीहरू बुधवार अदालतमा उपस्थित भएका हुन्। बयानका लागि न आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबैलाई ८ असारमा एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ। महत ढकाल सदरखोरमा न्यायिक हिरासतमा छन्। साउन १ मा तीन पदाधिकारीविरुद्द १० अर्ब २ करोड बिगोदाबीसहितको मुद्दा विचाराधीन छ। 

सबैको थुनछेक बयानपछि मात्र सुनुवाइ सुरु हुन्छ। आज अपरान्ह ३ बजे पुगेकाले बयान हुन सकेन। उनीहरुलाई भोलि विहान १० बजे उपस्थित गराउन आदेश पर्चा भएको छ।

कर फछ्र्यौट आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई झण्डै २१ अर्ब नोक्सानी पुर्याएको भन्दै गत १९ जेठमा अख्तियारले तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पक्राउ गरेको थियो।

 महत र ढकाल भने त्यसयता फरार हुँदै आएका थिए। अख्तियारले तीनै पदाधिकारीविरुद्ध १० अर्ब रुपैयाँको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ढकाल र महतले असोज २३ मा म्याद बुझेका हुन्। शर्माले म्याद बुझे पनि बयानका लागि गएका छैनन्।

महानिर्देशक शर्मालाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे,  सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलासले 
अख्तियारले कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा दर्ता गरेको मुद्दा भने अघि बढ्ने ठहर गरेको थियो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell