PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले फार्मेसीबाट एक वर्षमै कमायो डेढ करोड 



नरहरि पौड्याल

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले फार्मेसीबाट एक वर्षमै कमायो डेढ करोड 

कास्की :  गत वर्षदेखि आफ्नै फार्मेसी सञ्चालन गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले डेढ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ। 

सस्तो मूल्यमा बिरामीलाई औषधि बिक्रि गरेर अस्पतालले उल्लेख्य आम्दनी गरेको हो। फार्मेसी सञ्चालनबाट अस्पताललले १ वर्षमा करिव १ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ। 

टेण्डर प्रक्रियाबाट फार्मेसी भाडामा लगाउँदै आएको अस्पताललाई गतवर्ष सर्वोच्च अदालतले अनिवार्य फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि फार्मेसी सञ्चालनमा ल्याएको थियो।

अस्पतालले विरामीको सुविधालाई मध्येनजर गर्दै टेण्डर प्रक्रियाबाट आफूले खरिद गरेको औषधिको मूल्य र औषधिमा उल्लेख गरिएको बजार बिक्रि मूल्यको बीचको मुल्यमा कन्भर्टगरी बिक्रि गर्दै आएको छ। 

खरिद र बिक्रि मुल्यको बीचलाई आधार बनाएर औषधि बिक्रि गर्दा बिरामीलाई ठूलो आर्थिक सुबिधा पुगेको अस्पतालले दावीगरेको छ।
यसअघि अस्पतालले निजी फार्मेसीलाई मासिक २५ लाख रुपैयाँमा सटर भाडामा दिएको थियो। 

अस्पतालले नै फार्मेसी सञ्चालन गरेपछि औसतमा मासिक करिव १४ लाख रुपैयाँ आम्दानी भएको फार्मेसी सुपरभाईजर तारा बहादुर राईले जानकारी दिए।

‘हामीलाई नाफा भन्दापनि बिरामीलाई सस्तो र सर्वसुलभरुपमा औषधि उपलब्ध गराउने हाम्रो उद्देश्य हो, अस्पतालले अन्यत्र भन्दा धेरै सस्तोमा औषधि बिक्री गरेका छ’,उनले भने, ‘अस्पतालले सेवामूलक काम गर्दा पनि आम्दानी बढेको छ।’अस्पतालले गतवर्षको असार महिनाबाट आफै फार्मेसी सञ्चालन गरेको थियो।

सार्वजनिक खरिद ऐनअनुसार औषधि खरिद गरिएको छ । टेण्डरबाट औषधि खरिद गर्दा डब्लुजेएमपीबाट सर्टिफाई भएको कम्पनीको करिब १२ सय ब्राण्डका औषधि खरिद गरिएको अस्पतालले जनाएको छ। 

अस्पतालको फार्मेसीमा औषधि किन्नेको भीड लाग्ने गरेको छ। सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै प्रशासनले फार्मेर्सीको काउन्टर थपेकोे छ। इमर्जेनसी वार्ड, अप्रेशन वार्डलगायतमा औषधिका थप काउन्टर राखिएकोछ।

सरकारले निशुल्क वितरण गर्ने भनी सूचीकृत गरेका ७० प्रकारका औषधिहरुपनि टेण्डर प्रक्रियाबाट खरिद गरिएका औषधि नै निःशुल्क वितरण गर्दै आएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक अर्जुन आचार्यले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell