PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​दोलखा केन्द्रविन्दु बनाएर ५.५ को भूकम्प, दुई ठाउँमा ठूलो पहिरो



​दोलखा केन्द्रविन्दु बनाएर ५.५ को भूकम्प,  दुई ठाउँमा ठूलो पहिरो
२९ गतेको भूकम्पपछि दोलखाको सिंगटी बजारको एक छेउ।

काठमाडौं : दोलखा केन्द्रविन्दु बनाएर शनिबार साँझ अर्को ठूलो भुकम्प गएको छ। साँझ करिब ५ बजेर २० मिनेट जाँदा ५.५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ। भूकम्पका कारण दोलखाको भीरकोट र घ्याङ सुकाठोकरमा पहिरो गएको छ।

भीरकोटको माझीगाउँ नजिक भीर र जंगल रहेको क्षेत्रमा ठूलो पहिरो गएको जफे गाविसका सुशील काफ्लेले जानकारी दिएका छन्।

त्यस्तै घ्याङ सुकाठोकरमा पनि पहिरो गएको छ। दुबै ठाउँको सुख्खा पहिरोपछि धेरै धुलो उडेको देखिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell