PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कैलालीमा बस दुर्घटना: २७ जना घाइते, १५ को अवस्था गम्भीर



पहिलोपोस्ट

कैलालीमा बस दुर्घटना: २७ जना घाइते, १५ को अवस्था गम्भीर

भीमदत्तनगर: बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए।

उनले घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताए। “पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौँ” उनले भने, “गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइपुग्दैछन्।”

दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell