PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सन्दीप लामिछाने पाकिस्तान सुपर लिग क्रिकेटको ड्राफ्टमा



गोविन्दराज नेपाल

सन्दीप लामिछाने पाकिस्तान सुपर लिग क्रिकेटको ड्राफ्टमा
फोटो : रमन शिवाकोटी

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को प्राम्भिक ड्राफ्टमा समावेश भएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी)ले शुक्रबार आफ्नो अफिसियल वेबसाइटमा सार्वजनिक गरेको प्लेअर्स ड्राफ्टमा नेपालका सन्दीपसहित ५०१ जनाको नाम रहेको छ। सन्दीप शिल्भर क्याटेगोरीमा छन्।

तेस्रो संस्करणको पिएसएलका लागि नोभेम्बर १२ तारिखमा प्लेअर्स अक्सन हुदैँछ। उक्त अक्सनमा पिएसएल खेल्ने टोलीले ड्राफ्टमा परेका खेलाडीमाथि बोली लगाउनेछन् र बफ्नो टिममा किन्नेछन्।

पाकिस्तान सुपर लिग आगामी फेब्रुअरीमा हुँदैछ। ड्राप्टमा समावेश गरिएका ५०१ खेलाडीलाई प्लाटिनम, डाएमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी विभिन्न पाँच क्याटेगोरीमा बर्गिकरण गरिएको छ।

सन्दीप समावेश रहेको सिल्भर समूहबाट एउटा टोलीले दुई खेलाडी लिन पाउने प्रावधान छ।

मुल्तान सु्ल्तान नाम नयाँ टिम थपिएपछि यस पटक पिएसलएमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। पेशावार जाल्मी पिएसएलको साविक विजेता हो। मुल्तान र पेशारसँगै यस सिजन इस्लामावाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स र क्वेट्टा ग्लाडिएटर्सको सहभागिता रहनेछ।

युवा उमेरमै चर्चा विश्वभर चर्चा बटुल्न सफल सन्दीपले यसअघि हङकङको टी-२० ब्लिट्ज र अष्ट्रेलियन ग्रेड क्रिकेट प्रतियोगितामा खेलिसकेका छन्।

अष्ट्रेलियाका वर्ल्ड कपविनिङ पूर्व कप्तान माइकल क्लार्कको निमन्त्रणामा सन्दीपले त्यहाँ गएर खेल्ने र प्रशिक्षण गर्ने अवसर पाएका थिए।

हाल एसीसी यू-१९ युथ एसिया कप खेल्न मलेसियामा रहेका सन्दीप नेपाल यू-१९ टिमका पूर्व कप्तान समेत हुन्। यस्तै राष्ट्रिय टोलीका लागि उनले नामिविया विरुद्धको खेलबाट डेब्यु गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell