PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अनलाइनमा चरित्र हत्या : प्रेस काउन्सिलले सिआइबीसित सहकार्य गर्ने



अनलाइनमा चरित्र हत्या : प्रेस काउन्सिलले सिआइबीसित सहकार्य गर्ने

काठमाडौः अनलाइन पत्रकारिताको नाममा आचार संहिता विपरीत जथाभावी समाचार लेख्ने र चरित्र हत्या गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सित सहकार्य गर्ने भएको छ। 

शुक्रबार 'साइबर क्राइम र संचारमाध्यम' विषयमा पत्रकार र सिआइबीसँगको अन्तर्क्रिया कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले केही अनलाइनहरुले पत्रकारिताको आचारसंहिता विपरित समाचार लेख्ने गरेको दावी गर्दै काउन्सिलले कडाइ गर्ने बताए। 
श्रेष्ठले भने, 'जसले जे लेखे पनि अब हामी आँखा चिम्लेर भने बस्दैनौं।' 

केही अनलाइन र पत्रकारलाई अनुसन्धानसँगै कारबाहीको लागी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)लाई पत्राचार गरिसकेको समेत उनले जानकारी दिए। 

अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले भने अनलाइनमा समाचार लेखेको भरमा अरु निकायले कारबाही गर्न नहुने धारणा राखे। सत्यालले भने, 'साइबर क्राइम र सञ्चारमाध्यमलाई जोड्न मिल्दैन।' 

सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले अनलाइनमा चरित्र हत्या गर्ने समाचार आएको भन्दै सिआइबीमा पनि उजुरी आउने गरेको जानकारी दिए। 

डिआइजी कार्कीले स्पष्ट कानुनको अभावमा कारबाही गर्ने समस्या परेको बताए। 

नेपालमा साइबर क्राइमसम्बन्धी कुनै कानुन छैन। इकमर्सलाई व्यसवस्थित बनाउन ल्याइएको विद्युतीय कारोबार ऐनको एउटा दफा (दफा ४७) का आधारमा साइबर क्राइमका सबै विषयलाई समेट्ने गरिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell