PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

त्रासले काठमाडौं फर्किन सकिरहेका छैनन सर्वसाधारण



त्रासले काठमाडौं फर्किन सकिरहेका छैनन सर्वसाधारण

काठमाडौँ : भूकम्प गएपछि राजधानी उपत्यकाबाट बाहिरिएका सर्वसाधारणमा त्रास कायमै भएका कारण अझै फर्किन सकेका छैनन्।
 
वैशाख १२ गते र त्यसपछि पटक पटक गएको भूकम्पको त्रासले राजधानी बाहिरिएका करिब आठ लाखभन्दा बढी सर्वसाधारण अझै फर्किन सकेका छैनन्।
 
भूकम्प गएपछि वैशाख १२ देखि ३१ गतेसम्म एक लाख ३४ हजार २१७ सवारी साधनबाट  १४ लाख ४८ हजार ७१८ सर्वसाधारण राजधानीबाट बाहिरिए थिए।
 
सोही अवधिमा एक लाख १० हजार १८० सवारी साधनबाट छ लाख ५० हजार ७१२ यात्रु मात्र भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक पोषराज पोखरेलले जानकारी दिए।
 
भूकम्प गएको सुरुको अवधिमा राजधानी बाहिरिने क्रम ह्वात्तै बढे पनि जनजीवन सामान्य बन्दै गएपछि उपत्यका भित्रिने सर्वसाधारणको सङ्ख्यामा पनि वृद्धि भएको थियो।

तर वैशाख २९ पुनः भूकम्पको ठूलो पराकम्पन गएपछि राजधानी भित्रिने सार्वसाधारणमा त्रास कायमै रहेको देखिन्छ। गत २४ घण्टामा उपत्यकामा भित्रिने र बाहिरिने सवारीसाधन तथा यात्रुको अवस्था हेर्दा पनि भित्रिने भन्दा बाहिरिनेको सङ्ख्या बढी देखिन्छ।
 
जेठ १ गते बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्मको अवधिमा पाँच हजार ९११ सवारीसाधनबाट ३९ हजार ५२६ यात्रु राजधानी भित्रिएका छन् भने सोही अवधिमा पाँच हजार ९०५ सवारी साधनबाट ५३ हजार २२६ यात्रु बाहिरिएको महाशाखाले बताएको छ।
 
भूकम्पबाट राजधानीलगायत मध्यमाञ्चलका पहाडी जिल्ला बढी प्रभावित भएकाले राजधानी बस्ने सर्वसाधारण असुरक्षित ठानेर तथा भूकम्पपछि महामारी फैलने हल्लाका कारण एक्कासी बाहिरिए थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell