PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुर्घटनामा एकको मृत्यु, एक घाइते



पहिलोपोस्ट

दुर्घटनामा एकको मृत्यु, एक घाइते

खजुरा: नेपालगञ्जमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्युभएको छ भने एक जना घाइते भएका छन् ।

नेपालगञ्जको कारकाँदो चोक नजिकै भे १ ज ७२८ नम्बरको जिपमा भे ६ प ३९६ नम्बरको मोटरसाइकल ठोक्किँदा बाँके जिल्ला कोहलपुर नगरपालिका–३ किरणनालाका ४२ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ।

सडक पार गर्दै गरेको गाडीमा मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा पछाडी सवार बस्नेत गम्भीर घाइते भई नर्सिङहोममा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल चालक बर्दिया बढैयाताल–१ का ३३ वर्षीय पूर्णबहादुर विसी घाइते भएका छन्। उनको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell