PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सिन्धुलीको फिक्कलमा जिप दुर्घटना: ४ जनाको मृत्यु, ७ जना घाइते



पहिलोपोस्ट

सिन्धुलीको फिक्कलमा जिप दुर्घटना: ४ जनाको मृत्यु, ७ जना घाइते

सिन्धुलीः सिन्धुलीको फिक्कल गाउँपालिका ४ टर्किबेशीमा गएराति जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ७ जना घाइते भएका छन्। 

गएराति ९ बजे खुर्कोटबाट खाङसाङ बेशीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको जिप टर्किबेशीको उकालो चढ्न नसक्दा ब्याक भएर सडकबाट तल सखेको हो। 

दुर्घटनामा जिपमा सवार स्थानीय ४० वर्षीय अमरबहादुर दर्लामी र ४० वर्षकै रामप्रसाद बरालको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका फिक्कल गाउँपालिका ४ का ५९ वर्षीय दिपबहादुर मगर र ६० वर्षीय नरबहादुर बलमपाखीको भने उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

घाइतेमध्ये १ जनाको ललितपुरस्थित बिएण्डबि अस्पतालमा र अन्य ६ जनाको स्थानीय शुभजीवन अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको सिन्धुली प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell