PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रतिनिधिसमा १२८ र प्रदेशसभामा २५६ सदस्यका लागि आज मनोनयन



पहिलोपोस्ट

प्रतिनिधिसमा १२८ र प्रदेशसभामा २५६ सदस्यका लागि आज मनोनयन

काठमाडौँः मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगले तोकेको स्थानमा मनोनयन दर्ता हुनेछ।

दोस्रो चरणमा ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता हुनेछ। यसअघि कात्तिक ४ गते पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मनोनयन भइसकेको छ।

समानुपातिक निर्वाचन अन्तर्गत भने असोज २८ गते नै उम्मेदवारको बन्दसूची पेश भइसकेको छ। बन्दसूची संशोधनको समय समेत सकिएको छ।

बिहीबार मनोनयन दर्ता गरेका उम्मेदवारको प्रारम्भिक संख्या निर्वाचन आयोगले आजै प्रकाशित गर्नेछ। शुक्रबारदेखि उम्मेदवारमाथि कुनै दाबी विरोध वा उजुरी भएमा निर्वाचन आयोगमा पेश गर्न सकिनेछ। दाबी विरोधको छानविनपछि आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

नामावली प्रकाशितपछि आयोगले उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिनेछ। उम्मेदवारी फिर्ता नभएमा आयोगले अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell