PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कृषिमा आधुनिक प्रविधिले फड्को मार्दै, खेतीपातीमा ट्याक्टरको प्रयोग बढ्दो



पहिलोपोस्ट

कृषिमा आधुनिक प्रविधिले फड्को मार्दै, खेतीपातीमा ट्याक्टरको प्रयोग बढ्दो

  • वासुदेव पौडेल 
पोखरा :  पाँच वर्ष अघिसम्म पनि लेखनाथ क्षेत्रमा खेतीपातीदेखि दाइँ हाल्दासम्म गोरुको अत्याधिक प्रयोग हुन्थ्यो।पछिल्ला वर्षमा ट्याक्टर नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांशले खेतीपातीमा ट्याक्टरको प्रयोग गर्न थालिएको छ।  

कृषिमा आधुनिक प्रविधिको विकास बढ्दो क्रमसँगै लेखनाथको पटनेरी, शिशुवा, मालेपाटन, बागमारालगायतका स्थानमा यतिखेर कृषकले खोतीका लागि ट्याक्टरको प्रयोग गर्न थालेका छन्। 

खेतीका साथै धान थन्क्याउनका लागि गत वर्षदेखि थ्रेसरको प्रयोग हुनथालेको किसान ऋषिराम अधिकारीले बताए। अघिल्ला वर्षसम्म ट्याक्टरले दाइँ हाल्ने गरेकोमा थ्रेसर भित्रिएसँगै दाइँ हाल्न ट्याक्टरको प्रयोगमा पनि कमी आइसकेको उनले बताए। 

धान पराल छुट्याइदिने थ्रेसरको प्रयोगसँगै धान भित्र्याउनका लागि जनशक्ति पनि कम लाग्ने गरेको उनको भनाइ छ। 

थ्रेसरको प्रयोग गरेबापत प्रतिघण्टा दुई हजार चार सय रुपैयाँ बुझाउने गरिएको जानकारी दिंदै उनले वर्षेनी भित्रिएका कृषिका आधुनिक उपकरणका कारण कृषिप्रतिको अनिच्छा कम हुनसक्ने बताए। 

कास्कीमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन इकाइ कार्यालयमार्फत कृषक समूहलाई लक्षित केही स्थानमा हाते ट्याक्टर लगायतका कृषि उपकरण वितरण गरिएको कृषि अधिकृत इन्द्रमणि लामिछानेले जानकारी दिए। 

जिल्लाभित्र यस वर्ष धान भित्र्याउने क्रम सुरु भएको जानकारी दिँदै उनले हालसम्म किसानले १० प्रतिशत धान भित्र्याइसकिएको बताए। 

कास्कीमा पटनेरी, शिशुवा, मालेपाटन, हेमजा, कुँडहर, सार्दीखोला, भलाम, वर्षा, चवादी, छहरालगायतका स्थानमा धान पर्याप्त उत्पादन हुने गर्दछ।

विभिन्न उत्पादनशील टारी खेत बाँझा हुनुका साथै पछिल्ला समयमा बढ्दो प्लटिङका कारण खेतीयोग्य जमिन घडेरीमा परिणत बन्दै गएको स्थानीयवासी बताउँछन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell