PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ग्राहक ठग्ने ब्राण्डेड सपका संचालक पक्राउ, कालोबजारी ऐनअन्तर्गत कारवाही हुने



पहिलोपोस्ट

ग्राहक ठग्ने ब्राण्डेड सपका संचालक पक्राउ, कालोबजारी ऐनअन्तर्गत कारवाही हुने

  • वसन्तराज उप्रेती
काठमाडौं : दरबारमार्ग र न्यूरोडका ८  ब्राण्डेड पसलका सञ्चालकलाई महानगरीय प्रहरी परिसरले कालो बजारी ऐनअन्तर्गत कारवाहीका लागि  पक्राउ गरेको छ। 

महानगरिय प्रहरी परिसरका डिएसपी वेदबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति लिवर्टी जुत्ताका नन्दन विहानी, लेवल्स स्टोरका सुवास महर्जन र दिपेन्द्र महर्जन,एडभेन्चर आउटडोरका रोशन ओडारी, लाइफ स्टाइल इन्टरप्राइजेज श्रीकृष्ण महर्जन, एभीन्यू मार्केटका उत्तम कुमार वस्नेत, प्लाटिनम ट्रेडका प्रवीन झा र रौनक शर्मा र बेन्ट्लेका तुलशीधर भण्डारी रहेका छन्।

आपूर्ति व्यवस्थापन विभागले दुई महिना अघि ब्राण्डेड सप अनुगमन गर्दा ठगी गरेको पाइएपछि दरवारमार्ग र न्यूरोडका एघार ब्राण्डेड सप सिल गरिएका थिए।

दरवारमार्गका व्यवसायीले उच्च राजनीतिक तहमा दबाव दिएपछि झण्डै १८ दिनपछि असोज ८ गते पसलको सिल खुलेको थियो। दरबारमार्गमा रहेको वेन्ट्ले, नाइक, वान स्टोर, पुमा लगायतका पसलबाट तोकिएको भन्दा धैरै गुणा मुनाफा लिएर बिक्री गरेको अनुगमनको क्रममा खुलेको थियो।

आपूर्ति व्यवस्थापन विभागले महानगर प्रहरी परिसरलाई गत महिना कालो बजारी ऐनअन्तर्गत कार्वाहीका लागि जिम्मा लगाएको थियो ।आपूर्ति व्यवस्थापन विभागको निर्देशनमा महानगर प्रहरी परिसरले गत महिनादेखि दरवारमार्गका नौवटा, न्यूरोडको दुईवटा र अन्य चारवटा फर्ममा कारवाहीकालागि अनुसन्धान सुरु गरेको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell