PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एडिबीको आग्रहः त्रिभुवन र गौतमबुद्ध विमानस्थल विस्तारको प्रगतिमा सुधार गरियोस्



पहिलोपोस्ट

एडिबीको आग्रहः त्रिभुवन र गौतमबुद्ध विमानस्थल विस्तारको प्रगतिमा सुधार गरियोस्

काठमाडौँ : एशियाली विकास बैंक(एडिबी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपालमा सञ्चालित आयोजनामध्ये सहरी विकास र खानेपानीसम्बन्धी आयोजनाको प्रगति उत्साहजनक देखिएको छ। 

एडिबीले हवाई यातायात, ऊर्जा, सहरी विकास एवं खानेपानी, सडक पूर्वाधार र शिक्षा गरी पाँच क्षेत्रका १९ आयोजनामा दुई अर्ब ३० करोड डलर लगानी गर्दैछ। यो लगानी हालसम्मकै उच्च लगानी हो। 

ती पाँच क्षेत्रका अतिरिक्त भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माणमासमेत उसको आर्थिक सहयोग रहेको छ। एडिबीद्वारा सञ्चालित आयोजनाको समीक्षा गर्न आज आयोजित कार्यक्रममा हवाई यातायात सुधारसम्बन्धी दुई आयोजनाका प्रगति भने सुस्त नै रहेको जनाइएको छ।

ती आयोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल सुधार तथा विस्तार छन्। यसैगरी पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र यससित सम्बन्धित काठमाडौं उपत्यका खानेपानी वितरण योजनाको प्रगति सुस्त देखिएको बैंकले जनाएको छ। 

ती पाँच क्षेत्रका ३५ आयोजनाका समग्र कार्यप्रगति राम्रो रहेको जनाइएको छ। समीक्षा बैठकमा अर्थ, सहरी विकास, संघीय मामिला तथा स्थानीय विकास र ऊर्जा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुखको सहभागिता छ। 

बैठकमा अर्थसचिव शंकर अधिकारीले संघीय संरचनानुसार वित्त व्यवस्थापनमा मन्त्रालयले गृहकार्य गरिरहेको र विकास आयोजनामा वित्त पारदर्शिता र सुशासनमा प्राथमिकता दिएको बताए। 

एडिबीका उपनिर्देशक दिवेश शरणले प्रगति कम देखिएका आयोजनाका प्रगतिमा सुधार ल्याउन नेपाल सरकारलाई आग्रह गर्दै बैंकले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा सहयोग जारी राख्ने जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell