PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​आइसिसी विश्व टी-ट्वान्टी छनौट खेलको तालिका सार्वजनिक, नेपालको पहिलो खेल अमेरिकासँग



​आइसिसी विश्व टी-ट्वान्टी छनौट खेलको तालिका सार्वजनिक, नेपालको पहिलो खेल अमेरिकासँग

काठमाडौ: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइसिसी विश्व टि-ट्वान्टी क्वालिफायर-२०१५ को तालिका सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपाल हङकङ, अमेरिका, आयरल्याण्डसँगै समुह 'ए'मा रहेको छ।

यही वर्षको असार २४ देखि साउन १० (जुलाई ९ देखि २६ तारिख) गतेसम्म आयरल्याण्ड र स्कटल्याण्डमा खेलाइने टि-ट्वान्टी छनौट खेलमा १४ वटा देशले भाग लिने छन्। छनौट खेलबाट शीर्ष ६ टोलीले यही वर्षको फागुन २८ देखि चैत २१ (मार्च ११-अप्रिल ३, २०१६) सम्म भारतमा हुने विश्व टी-ट्वान्टी प्रतियोगितामा भाग लिने छन्। जसमा १० वटा टेस्ट खेल्ने राष्ट्र समेत समावेश हुनेछन्। 

आइसिसीको विश्व टी-ट्वान्टी फर्म्याट अनुसार छनौट १४ वटा टीम सम्मिलित छनौट खेलमा समुहको शीर्ष स्थानमा रहने दुई टीम विश्व टी-ट्वान्टीका लागि सिधै छनौट हुनेछन्। समुहको दोस्रो र तेस्रो स्थानमा रहने प्रत्येक टीमले क्रस-ओभर म्याच खेल्नेछन्। जस अन्तर्गत समुह 'ए'को दोस्रो स्थानमा रहेको टीमले समुह 'बी'को तेस्रो नम्बरमा हुने टीमसँग खेल्नेछ। त्यस्तै समुह 'ए'को तेस्रो स्थानमा रहने टीमले समुह 'बी'को दोस्रो स्थानमा रहेको टीमसँग खेल्नेछ। यसबाट दुईवटा विजेता टीम छनौट हुनेछन्।

प्ले अफमा हारेका दुई टीमले पुन: अर्को प्ले-अफ खेल्न पाउने छन्। प्ले-अफमा हारेका टीमले समुहको चौथो स्थानमा रहेको टीमसँग खेल्नेछन्।

नेपालले आफ्नो पहिलो खेल असार २५ गते अमेरिकासँग खेल्नेछ। छनौट खेल अगाडि नेपालले असार २१ गते ओमानसँग र असार २२ गते यएईसँग अभ्यास खेल खेल्नेछ। 

समुह ए 

ए १- आयरल्याण्ड
ए २- नेपाल
ए ३- हङकङ
ए ४- पपुवान्युगिनी
ए ५- नामिबिया
ए ६- अमेरिका
ए ७- जेरेसी

समुह बी

बी १- अफगानिस्तान
बी २- युएई
बी ३- नेदरल्याण्ड्स
बी ४- स्कटल्याण्ड
बी ५- क्यानडा
बी ५- केन्या
बी ७- ओमान

नेपालको खेल तालिका

जुलाई १० (असार २५ गते, शुक्रबार)- नेपाल भर्सेस अमेरिका, स्थान: स्टोरमन्ट, बेलफास्ट, समय: १४:१५- १७:२५ (स्थानीय समय)

जुलाई ११ (असार २६ गते, शनिबार)- नेपाल भर्सेस नामिबिया, स्थान: स्टोरमन्ट, बेलफास्ट, समय: १४:१५- १७:२५

जुलाई १३ (असार २८ गते, सोमबार)- नेपाल भर्सेस आयरल्याण्ड, स्थान: स्टोरमन्ट, बेलफास्ट, समय: १४:१५- १७:२५

जुलाई १५ (असार ३० गते, बुधबार)- नेपाल भर्सेस हङकङ, स्थान: स्टोरमन्ट, बेलफास्ट, समय: १४:१५- १७:२५

जुलाई १७ (साउन १ गते, शुक्रबार)- नेपाल भर्सेस पपुवान्युगिनी, स्थान: मलाहिडे, डब्लिन, समय: १०:००- १३:१० (स्थानीय समय)

जुलाई १८ (साउन २ गते, शनिबार)- नेपाल भर्सेस जेरेसी, स्थान: मलाहिडे, डब्लिन, समय: १०:००- १३:१०

जुलाई २१ (साउन ५, मंगलबार)- क्वालिफाइङ प्ले-अफ १ (समुह एको दोस्रो टीम भर्सेस समुह बीको तेस्रो टीम), स्थान: डब्लिन, समय: १०:००-१३:१०, क्वालिफाइङ प्ले-अफ २ (समुह एको तेस्रो टीम भर्सेस समुह बीको दोस्रो टीम) , डब्लिन, समय: १२:१५-१७:२५

जुलाई २३ (साउन ७ गते, बिहीबार)- क्वालिफाइङ प्ले-अफ ३ (समुह एको चौथो टीम भर्सेस क्वालिफाइङ प्ले॒-अफ १ को पराजित टीम, डब्लिन)
क्वालिफाइङ प्ले-अफ ४ (समुह बीको चौथो टीम भर्सेस क्वालिफाइङ प्ले-अफ २ को पराजित टीम, डब्लिन)

जुलाई २५ (साउन ९ गते, शनिबार)- सेमिफाइनल (समुह बी विजेता भर्सेस क्वालिफाइङ प्ले-अफ १ विजेता टीम, डब्लिन)
पाँचौं र छैटौं स्थानका लागि प्ले-अफ (प्ले-अफ ३ को विजेता टीम भर्सेस प्ले-अफ ४ को विजेता टीम, डब्लिन)
सेमिफाइनल (समुह एको विजेता भर्सेस क्वालिफाइङ प्ले-अफ २ को विजेता टीम, डब्लिन)

जुलाई २६ (साउन १० गते, आइतबार)- तेस्रो स्थानको लागि प्ले-अफ (डब्लिन) र फाइनल (डब्लिन)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell