PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कवि विप्लव प्रतीकको पहिलो उपन्यास 'अविजित' सार्वजनिक



पहिलोपोस्ट

कवि विप्लव प्रतीकको पहिलो उपन्यास 'अविजित' सार्वजनिक

काठमाडौं : पछिल्लो समय विदेशका चर्चित डिजेहरु समेत आएर आफ्नो प्रस्तुति दिने थलो बनेको छ क्लब डेजाभू। सधैं रात्रिकालीन कार्यक्रमको रौनक हुने क्लब डेजाभूमा शनिबार दिउँसोको दृष्य भने फरक थियो।

सामान्य डबली र सार्वजनिक स्थलमा हुने पुस्तक विमोचनको परम्परालार्इ तोड्दै क्लब डेजाभूमा नेपाली उपन्यास विमोचन भयो। कवि तथा गीतकार विप्लव प्रतीकको पहिलो उपन्यास अविजित।

तीन फरक क्षेत्रका व्यतित्व राजनीतिज्ञ प्रदीप गिरि, शिक्षाविद् केदारभक्त माथेमा र कवि दुर्गालाल श्रेष्ठसहित लेखक स्वयमले पुस्तकको घुम्टो खोलेका थिए।

प्रतीकले करिब एक दशकको समयमा तयार पारेका यस कृतिको तिहारअगाडि नै फिल्मी शैलीमा फर्स्ट लुक सार्वजनिक गरिएको थियो जुन नेपाली कृतिको विमोचनमा नयाँ शैलीको रहेको थियो।

कृतिको विमोचन कार्यक्रममा प्रदीप गिरिले ऐतिहासिक विषयवस्तु भएको पुस्तकको रुपमा विश्लेषण गरेका थिए। यसैगरी केदारभक्त माथेमाले साहित्यमा सबै विधाको सम्मिश्रण भएको र दुर्गालाल श्रेष्ठ कविताको बिम्बमा रचना भएको कृतिको रुपमा विश्लेषण गरेका थिए।

यस कृतिलार्इ बुकहिल प्रकाशनले पाठक माझ ल्याएको हो। कृतिको मूल्य ४५० रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell