PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आफ्नै बारीको अदुवाका परिकारबाट मनग्य आम्दानी गर्दै महिला



पहिलोपोस्ट

आफ्नै बारीको अदुवाका परिकारबाट मनग्य आम्दानी गर्दै महिला

इलाम : मूल्य नपाएर किसानको अदुवा बारीमै कुहिँएको बेला प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहेकी छिन्।

 

इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको परिकार बनाई लाखौँ आम्दानी गरेकी छिन्। उनले अदुवा प्रशोधनबाट नगरपालिकाभित्र जग्गा किनेर सामान्य घरसमेत जोडिन् भने छोरीलाई काठमाडौं राखेर पढाउँदै छिन्।

 

विसं २०६८ देखि सामान्य तालिम लिएर अदुवा प्रशोधन थालेकी निरौलाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउने आएकी छिन्। अदुवाका विभिन्न परिकार मासिक पाँच क्विन्टल खपत हुने गरेको उनले बताए।

 

“प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ। यो सबै अदुवा अग्र्यानिक ल्याउने गरेकी छु” उनले भनिन्। निरौलाले वार्षिक ४५ लाख बराबरको अदुवाको परिकार बिक्री गरी १८ लाख नाफा कमाउँदै आएकी छिन्।

“जतिबेला मैलै यो उद्योग शुरु गरे त्यतिबेला छिमेकीबाट पनि सहयोग पाइन्। राम्रो बजार पनि नभएको बेला भएकाले अरुलाई यसका बारेमा बुझाउन समस्या पर्‍यो।” उनी थप्छिन “अहिले पनि बजार मूल्य राम्रो छैन। तर, बनाइसकेका परिकार खेर चाहिँ फाल्नु पर्दैन।”

 

यस्ता वस्तुको माग स्वदेशभन्दा विदेशमा ‘हारालुस’ हुने गरेको उनी बताउँछिन्। “यहाँ त अहिले पनि अदुवाको सर्वतभन्दा मानिसले बुझ्दैनन्। तर, बाह्य पर्यटकका लागि भने यही सर्वत राम्रो छ।” यस्ता परिकार इलाम बजार र फिक्कलबाटै बाह्य पर्यटकले खरिद गर्ने गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell