PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गौचन हत्याकाण्ड : के हुँदैछ प्रहरी अनुसन्धान?



पहिलोपोस्ट

गौचन हत्याकाण्ड : के हुँदैछ प्रहरी अनुसन्धान?

काठमाडौँ: निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको दुई साता भइसक्दा पनि प्रहरीले हत्यारा को हो पत्ता लगाउन सकेको छैन।

घटना भएको दिन गठित अनुसन्धान समितिले पनि कुनै प्रतिवेदन बुझाउन सकेको छैन। संयोजक डिआइजी गणेश केसी रहेको समितिले गहन रुपमा अनुसन्धान गरिरहेको उनले बताए। 

उनले भने, 'अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ। केही समयमा नै प्रमाणसहित हत्यारा सार्वजनिक गर्ने गरी प्रहरीले अनुसन्धान गरिरहेका छौँ। 

प्रहरीले गौचनको हत्यामा प्रयोग भएको मोटरसाइकल नम्बर र सुटरको स्केच तयार केही समय अगाडि नै तयार पारिसकेको प्रहरीले बताएको छ।

घटनामा मनोज पुन समूहको संलग्नता रहेको दावी गर्दै आएको प्रहरी मनोज पुन नजिक पुग्न सकेको छैन। केही समयदेखि पुन भारतमा बसेर नेपालमा आपराधिक गतिविधि गर्दै आएका छन्। तर मनोज पुन नजिक पुग्न सकेको छैन। केही समयदेखि पुन भारतमा बसेर नेपालमा आपराधिक गतिविधि गर्दै आएका छन्। 

गत पुस ४ गते पुन समूहले नै युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेका थिए। पुन समूहका केही व्यक्ति समातिएपछि रुपन्देहीमा अहिले पुनको सक्रियता नभएको एक प्रहरी अधिकृतले बताए। उनले भने, 'पुन भारतमा बसेको भन्ने खबर छ। तर केही प्राविधिक र कानुनी समस्याको कारण उनी प्रहरीबाट भाग्न सफल भएका हुन्।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell