PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

केकीको 'कोहलपुर एक्सप्रेस'को औपचारिक घोषणा, को को छन् कलाकार?

केकीको 'कोहलपुर एक्सप्रेस'को औपचारिक घोषणा, को को छन् कलाकार?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: फिल्म 'कोहलपुर एक्सप्रेस'को औपचारिक घोषणा भएको छ। अभिनेत्री केकी अधिकारीले यसै फिल्ममार्फत फिल्म निर्माणमा डेब्यु गर्न लागेकी छिन्।

जुनकिरी आर्टसको पहिलो प्रस्तुती 'कोहलपुर एक्सप्रेस'मा केकी अधिकारीसँगै भद्रबहादुर शाही, देवीलाल न्यौपाने, शिव प्रसाद चौंलागाईको संयुक्त लगानी रहनेछ। निर्माणमा हात हाल्नु बारे केकी भन्छिन्,'फिल्म मेरो सपना थियो त्यही सपना पूरा गर्दैछु। मैले सधैं सिर्जनामा शक्ति हुन्छ भन्नेमा विश्वास गरें। अब सिर्जनामा हात हालेको छु सबैको साथको आश गर्दछु।' उनले निर्माणको योजना नयाँ नभएको समेत बताइन्।



कोहलपुर एक्सप्रेस तीन युवतीको यात्राको कथा हो। जहाँ लोभ लालचमा फस्ने फसाउने काम हुन्छ। कलाकारहरु केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतको अभिनय रहनेछ। फिल्मलाई बिशाल भण्डारीले निर्देशन गर्दैछन्। भण्डारीको पनि यो निर्देशकिय डेब्यु हुने फिल्म हो।

अर्जुन तिवारीले खिच्ने फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल, कालीप्रसाद बासकोटाको संगीत रहने छ। कार्तिक १३ बाट फिल्म युनिट छायांकनका लागि फ्लोरमा निस्कदैछ।


ट्रेन्डिङ पोस्ट

Ncell