PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फिबा यू-१६ वुमन्स एसियन बास्केटबल : ऐतिहासिक खेलमा नेपाल भारतसँग पराजित



पहिलोपोस्ट

फिबा यू-१६ वुमन्स एसियन बास्केटबल : ऐतिहासिक खेलमा नेपाल भारतसँग पराजित

काठमाडौं : फिबाको कुनै पनि एसियन बास्केटबल च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपाली यू-१६ महिला टोली भारत यू-१६ महिला टिमसँग पराजित भएको छ।

भारतको बेंगलोरुमा आइतबार शुरु भएको फिबा यू-१६ वुमन्स एसियन च्याम्पियनसिप-२०१७ बास्केटबल प्रतियोगितामा नेपाल आयोजक भारतसँग १०६-३७ ले पराजित भयो।

नेपालसँगै माल्दिभ्सले पनि पहिलो पटक फिबाको प्रतियोगिता सहभागिता जनाएको छ। पहिलो खेलमा माल्दिभ्स मलेसियासँग १३०-१४ ले पराजित भयो।

आगामी शनिबार (अक्टोबर २८) सम्म भारतको बेंगलुरुमा हुने प्रतियोगितामा नेपाल र आयोजक भारतसहित कूल १४ राष्ट्रका यू-१६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले आज दोस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell