PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारको मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त



पहिलोपोस्ट

सरकारको मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त

काठमाडौँ: सरकारको मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले बताए। उनी गृह मन्त्रालयको सचिवमा कार्यरत छन्।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि अनिवार्य अवकाश पाउँदैछन्। तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदीले कार्यकाल सकिनुअघि नै एसियाली विकास बैंकको जागिरका लागि राजीनामा दिएपछि असार २९ मा क्षेत्री मुख्यसचिवमा नियुक्ति बनेका थिए।

क्षेत्रीले अवकाश पाउने एक दिनअघि रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरिएको हो।

मुख्यसचिवको दौडमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिवको दौडमा थिए।

तीन सचिव दौडमा भए पनि सत्ता समीकरण र राजनीतिक पहुँचका आधारमा रेग्मी मुख्यसचिव बन्ने धेरैको अनुमान थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell